इलामका प्रहरी निरीक्षक उत्कृष्ठ

५ श्रावण २०७८, मंगलवार मा प्रकाशित

झापा ।

अपराध अनुसन्धानमा कार्यरत इलामका प्रहरी निरीक्षक किशोर तामाङलाई प्रदेश प्रहरी कार्यालय विराटनगरले असार महिनाको उत्कृष्ठ प्रहरी घोषित गरेको छ ।

जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत तामाङले विभागीय मुल्य मान्यता र निर्देशन अनुसार कतव्र्यनिष्ठ भई जघन्य अपराधमा संलग्न फरार व्यक्तिहरुलाई अनुसन्धान गरि पक्राउ र कार्वाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रदेश प्रहरी कार्यालयले उत्कृष्ठ घोषित गरेको बताइएको छ ।

उत्कृष्ठ प्रहरी कर्मचारीलाई पुरस्कृत गरि उनले गरेको उत्कृष्ठ कार्यको विवरण प्रदेश प्रहरी कार्यालयले निर्माण गरेको स्तम्भ र प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालयहरुमा एक महिनासम्म राखिने जनाइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here