सीताको ब्याटिङ बरियतामा सुधार

५ श्रावण २०७८, मंगलवार मा प्रकाशित

काठमाडौँ, 

नेपाली राष्ट्रिय महिला टोलीका उपकप्तान सीता राना मगरको ब्याटिङ बरियतामा सुधार भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सार्वजनिक गरेको पछिल्लो टी–२० क्रिकेटको ब्याटिङ बरियताअनुसार उहाँ ९०औँ स्थानमा रहनुभएको छ । यसअघि मगर ९२औँ बरियतामा स्थानमा रहनुभएको थियो । आइसीसीको बरियतामा पर्ने उहाँ एकमात्र नेपाली महिला क्रिकेट खेलाडी हुनुहुन्छ ।

महिला क्रिकेटको ब्याटिङतर्फ भारतकी शफाली वर्मा शीर्ष स्थानमा, अष्ट्रेलियाकी बेथ मोनी दोस्रो, भारतकी स्मृति मन्धाना तेस्रो, अष्ट्रेलियाकी मेग लानिङ चौथो तथा अष्ट्रेलियाकी एलिसा हेली पाँचौँ स्थानमा रहनुभएको छ । नेपाल आइसीसी महिला टी–ट्वान्टी क्रिकेटको बरियतामा भने यथास्थानमा रहेको छ ।

आइसीसीले सार्वजनिक गरेको नयाँ बरियतामा नेपालको स्थान १४ रहेको छ । नेपाल एकदिवसीय महिला क्रिकेटको बरियतामा भने हालसम्म पर्न सकेको छैन । टी २० तथा एकदिवसीय क्रिकेटतर्फ बलिङको महिला बरियतामा नेपालबाट कुनै खेलाडी पर्न सक्नुभएको छैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here