प्रतिबद्धता काममा देखियोस्

६ श्रावण २०७८, बुधबार मा प्रकाशित
  • 579
  •  
  •  
  •  
  •  
  •  
    579
    Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको जीवन रक्षा आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन् । अभिव्यक्तिमा यसो भन्ने त अघिल्ला प्रधानमन्त्री पनि थिए । तर, जनताले भने त्यसको अनुभूति गर्न पाएनन् । यद्यपि नवनियुक्त प्रधानमन्त्री देउवाले अहिलेको प्रमुख चुनौति रहेको कोरोनाविरूद्धको खोप सामग्री खोपकेन्द्रमै हस्तान्तरण गरेर अभियानको शुभारम्भ गरे । यसले एक मात्रा लगाउनुपर्ने अमेरिकी खोपका विषयमा भएका चर्चालाई समेत अन्त्य गरेको छ । सँगसँगै विगतमा जस्तो निर्धारित र लक्षित समूहभन्दा आफ्ना र पहुँच हुनेले मात्र खोप लगाउन पाउने अवस्था नरहने सङ्केत गरेको छ । कोरोनाको पहिलो कालमा तत्कालीन सरकार जति सक्रिय र सजग भयो दोस्रो कालमा त्यति नै निष्क्रिय भयो । त्यसकै परिणाम हो कि समयमा सावधानी नअपनाएका कारण यसकालमा धेरैले जीवन गुमाउनु प¥यो ।

अघिल्लो सरकारले कुरा धेरै ग¥यो । समृद्धिका कुरा, जनताका सुखसुविधाका कुरा पनि त्यतिकै गरिए । अद्वितीय र अभूतपूर्व भनिएका भौतिक विकास र त्यसबाट प्राप्त उपलब्धिहरूको इतिहासले समीक्षा र मूल्याङ्कन गर्ला । तर , कोरोनाजन्य कहर र त्यसले निम्नवर्गीय जीवनमा पारेको असर अत्यन्त पीडादायी छ । यही समय कोरोनाकै कारण धेरैले संरक्षक, अभिभावक र परिवारका सदस्य गुमाउनु प¥यो । पहिलो लहरले दिएको सङ्केतलाई चेतावनीका रूपमा लिएर पूर्वाधार निर्माण गर्नु पर्नेमा सत्ता स्वार्थका पछि लागेर महामारीलाई झनै पन्पिने मौका दिइयो । बिरामीले शय्या पाएनन्, पाएकाले अक्सिजन नपाएर मृत्युवरण गर्नु प¥यो । अन्य कतिपयले जीवन रक्षक र सहायक उपकरणको अभावमा कष्टकर जीवन बिताउन प¥यो । बल्ल बल्ल अनुदानमा आएको खोपमा समेत अनियमितता भएका गुनासा आए, लक्षित वर्ग खोपको पहुँचमा पुग्नै पाएनन् ।

आशा र अपेक्षा गरौं त्यस्तो गल्ती अब दोहोरिने छैन । सरकारका तर्फबाट नियमन र अनुगमन गरिए गल्ती हुन पाउँदैन । त्यसमाथि अनियमित गर्ने वा अधिकारको दुरूपयोग गर्नेलाई दण्डित गरियो भने अनुचित कार्य गर्ने स्वतः दुरुत्साहित हुनेछन् । कार्यभार ग्रहण गरे लगत्तै खोपका विषयमा प्रधानमन्त्री देउवाले देखाएको चासो र कबोलले विगतका भूल नदोहोरिने आशा जगाएको छ । आवश्यक खोपको प्रबन्ध एवम् व्यवस्थापन गर्न र जोखिम वर्गको सुरक्षामा नियमनकारी तथा सम्बद्ध निकायको गम्भीर र प्रभावकारी उपस्थिति देखिनुपर्छ । यो सँगै जनताको जीवन र भविष्यसँग सरोकार राख्ने विषयमा सरकारको प्रत्यक्ष निगरानी रहनुपर्छ । अनि मात्र जनताले सरकार भएको अनुभूति गर्न पाउने छन् जो सरकारका लागि समेत सहयोगी हुनेछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here