कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ लाख १८ हजार नाघ्यो

६ श्रावण २०७८, बुधबार मा प्रकाशित

बेइजिङ,

कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ९५ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४१ लाख १८ हजार ४४१ जनाको मृत्यु भएको छ ।

विश्वभरी कूल सङ्क्रमितको संख्या १९ करोड १४ लाख ४८ हजार ९१४ जना रहेका छन । विश्वभर तीन अर्ब ८९ करोड ९७ लाख ८६ हजार ३७१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

सो विश्वविद्यालयले जुलाई २१ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

देश सङ्क्रमितको संख्या कूल मृत्यु

संयुक्त राज्य अमेरिका तीन करोड ४१ लाख ७४ हजार ७७४ छ लाख ९ हजार ५२९
भारत तीन करोड १२ लाख १६ हजार ३३७ चार लाख १८ हजार ४८०
ब्राजिल एक करोड ९४ लाख १९ हजार ४३७ पाँच लाख ४४ हजार १८०
फ्रान्स ५९ लाख ५२ हजार ३३९ एक लाख ११ हजार ७१५
रुस ५५ लाख ४६ हजार १६६ ५० हजार ६५०
बेलायत ५५ लाख ४२ हजार ६३५ एक लाख २९ हजार १०९
अर्जेन्टिना ४७ लाख ८४ हजार २१९ एक लाख २ हजार ३८१
कोलोम्बिया ४६ लाख ६८ हजार ७५० एक लाख १७ हजार १३१
इटाली ४२ लाख ९३ हजार ८३ एक लाख २७ हजार ८८४
स्पेन ४१ लाख ८९ हजार १३६ ८१ हजार १४८
जर्मनी ३७ लाख ५४ हजार ८४६ ९१ हजार ४२३
इरान ३५ लाख ७६ हजार १४८ ८७ हजार ६२४
इन्डोनेसिया २९ लाख ५० हजार ५८ ७६ हजार २००
पोल्याण्ड २८ लाख ८१ हजार ५९४ ७५ हजार २१९
मेक्सिको २६ लाख ७८ हजार २९७ दुई लाख ३६ हजार ८१०
युक्रेन २३ लाख १९ हजार ८८६ ५५ हजार २२१
दक्षिण अफ्रिका २३ लाख ११ हजार ३३२ ६७ हजार ६७६
पेरु २० लाख ९४ हजार ४४५ एक लाख ९५ हजार २४३
नेड्रल्याण्ड १८ लाख ४२ हजार ६५३ १८ हजार ६९

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here