वरुण साप्ताहिक १५औं वर्षमा

६ श्रावण २०७८, बुधबार मा प्रकाशित
  • 949
  •  
  •  
  •  
  •  
  •  
    949
    Shares

भद्रपुर ।

झापाको भद्रपुरबाट प्रकाशित साप्ताहिक वरुण १४औं वर्ष पूरा गरी १५औं वर्षमा प्रवेश गरेको छ ।

२०६४ साउन ३ गते महिला मुद्दालाई मिसन बनाएर पत्रकार माया पकुवालको सम्पादनमा प्रकाशन शुरु गरिएको साप्ताहिक वरुण आजबाट १५औं वर्षमा प्रवेश गरेको हो ।

२०३५ सालमा स्व. माया देवान सम्पादक/ प्रकाशक तथा साहित्यकार हिरा आकाश कार्यकारी सम्पादक रहेर प्रकाशन सुरु गरिएको वरुण राजकाज मुद्दा लागेपछि केही वर्ष बन्द भएको थियो ।

२०४७ सालमा अग्रज पत्रकार नकुल काजीले पुनः प्रकाशन गर्नुभएको साप्ताहिक वरुण विवेचना दैनिक सुरु गरेपछि पत्रकार माया पकुवाललाई स्वामित्व हस्तान्तरण गर्नु भएको थियो ।

हाल पकुवालको प्रकाशकत्व/सम्पादकत्वमा खबर पत्रिका साप्ताहिक वरुणले निरन्तरता पाइरहेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here