भद्रपुरमा आयोजित रक्तदान कार्यक्रममा ७९ पिन्ट रगत संकलन

६ श्रावण २०७८, बुधबार मा प्रकाशित
  • 826
  •  
  •  
  •  
  •  
  •  
    826
    Shares

भद्रपुर।

भद्रपुरमा आयोजित रक्तदान कार्यक्रममा ७९ पिन्ट रगत संकलन भएको छ ।

रोटरी क्लव अफ भद्रपुरको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी, भद्रपुर उपशाखा, रोट्याक क्लव अफ भद्रपुर र इनल व्हील भद्रपुरको सहकार्यमा आज भएको रक्तदान कार्यक्रममा ७९ जनाले रगतदान गरेका हुन ।

रक्तदान गर्नेमा ९ जना महिला थिए । रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष विगत ओझाको सभापतित्वमा भएको रक्तदान कार्यक्रममा रक्त संचार केन्द्र भद्रपुरको प्राविधिक सहयोग रहेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here