३३ महिने जेसिकाको उपचारमा आर्थिक समस्या, परिवारद्धारा सहयोगको अपिल

0
986

धरमपुर ।

आर्थिक अभावले उपचारमा समस्या भएपछि झापा शिबसताक्षी–८ की ३३ महिने एक शिशुको स्वास्थ्यमा थप जटिलता बढ्दै गएको छ ।

बायाँतर्फको आँखामा क्यान्सर भएर पीडित भएकी ३३ महिने जेसिका विश्वकर्माको उपचारमा आर्थिक अभाव भएको भन्दै परिवारद्धारा जीवन रक्षाको अपिल गरेका छन् ।

जेसिकाकी आमा सिताले आफ्नी छोरीको उपचारमा आर्थिक समस्या भएकोले उपचारमा सहयोग जुटाइदिन सहयोगी र मनकारी दिदीबहिनी र दाजुभाईहरुसँग अपिल गरिन् ।

सिता विश्वकर्मका अनुसार जेसिकालाई गत मंसिरदेखी आँखामा समस्या आएको हो । सुरुसुरुमा आँखा चिलाउने गथ्र्यो, सिताले भनिन्–‘अलिक पछि त्यहि आँखाबाट आँशु बगिरहयो । उनको आँखा बारम्बार चिलाउने र माड्ने गर्थिन् । केही समयपछि आँखा सुनिएर ठूलो भयो ।’

अरुको खेतबारीमा पौरख गरेर जीवनयापन गर्ने सिताकी श्रीमान सुजन विश्वकर्मा ज्यालामजदुरी गर्छन् । आफ्नो खेतबारी छैन, सिताले भनिन्–आफू बस्ने घर भएको जमिन बाहेक अरु सम्पत्ती छैन् । सो घर पनि हालै जनता आवास कार्यक्रम अन्तर्गत निर्माण भएको हो ।

हालः जेसिकाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यानसर अस्पतालमा केमु चढाइरहेको आमा सिताले जानकारी गराईन् । सोही अस्पतालमा जेसिकाको आँखामा भएको क्यानसरको सफल अप्रेशन भइसकेको छ । ७ पटक भयो केमु चढाईरहेको, जेसिकाको आमा सिताले भनिन्–‘केही समय अझै केमु दिइरहनुपर्ने डाक्टरको सल्लाह छ ।’

एक पटक केमु चढाउन ४० हजार रुपैंया खर्च लाग्ने बताइएको छ । परिवारका अनुसार जेसिकाको उपचारमा अहिलेसम्म १४ लाख बढी खर्च भइसकेको छ ।

जेसिकाको उपचारमा सहयोग जुटाईरहनु भएका धरमपुरका व्यवसायी एबम् सामाजिक अभियानकर्मी मोहन सेनचुउरीले ३३ महिनाकी जेसिकाको उपचारमा सहयोग गर्न सवैसँग आग्रह गरेका छन् । हिड्न, बोल्न, खान सक्ने जेसिकाको आँखासहित अनुहारको भाग सुनिएको छ । छोरीको जीवन रक्षाका लागि सबैलाई सहयोग गरिदिन आग्रह गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here