मारवाडी महिला र युवती मञ्चद्वारा विद्यालयको शौचालयको जिर्णोद्वार

0
1283

अर्जुनधारा ।

झापाको अर्जुनधारा–७ पाराखोपीस्थित अरुणोदय आधारभूत विद्यालयको जिर्ण अवस्थामा रहेको शौचालयको जिर्णोद्वार एवम् रंगरोगन गरिएको छ ।

बिर्तामोडस्थित मारवाडी महिला मञ्च तथा मारवाडी युवती मञ्चको संयुक्त आर्थिक सहयोगमा उक्त शौचालयको जिर्णोद्वार एवम् रंगरोगन गरिएको हो ।

दुई लाख सात हजार रुपैयाँको लागतमा जिर्णोद्वार एवम् रंगरोगन गरिएको शौचालयको शुक्रबार विद्यालय परिसरमा आयोजित हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष नवराम ढुंगाना “नविन” र दातृ संस्था मारवाडी महिला मञ्चकी अध्यक्ष रीता चित्लांगियाले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार बराइलीको अध्यक्षतामा आयोजित सोही कार्यक्रममा मञ्चकोतर्फबाट विद्यालयलाई चार थान वाइट बोर्ड र बाल विकास केन्द्रका विद्यार्थीहरुका लागि खेलौनाहरु वितरण गरिएको थियो ।

अध्यक्ष बराइलीले स्वागत मन्तव्यसँगै कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रममा मञ्चकी सचिव चाँदनी अग्रवाल, चेम्बर अफ कमर्स बिर्तामोडका संस्थापक अध्यक्ष सन्तोष अग्रवाललगायतले आगामी दिनमा पनि विद्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा मेची महेश्वरी समाजका अध्यक्ष महेश चित्लांगियालगायतको आतिथ्यता रहेको थियो । विद्यालयकोतर्फबाट मञ्चलाई प्रशंसा पत्र प्रदान गरिएको उक्त कार्यक्रमको सञ्चालन प्रधानाध्यापक श्यामकुमार थापाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here