धुलावारी माविले सञ्चालनमा ल्यायो पशुपंक्षी उपचार क्लिनिक तथा प्रशिक्षण केन्द्र

0
716

काँकरभिट्टा,

झापाको मेचीनगरस्थित एउटा सामुदायिक विद्यालयले शुक्रबारबाट विद्यालय परिसरमा पशुपंक्षी उपचार क्लिनिक तथा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएको छ ।

झापाको मेचीनगर —१० स्थित धुलावारी माध्यमिक विद्यालयले मेचीनगर नगरपालिकाको सहकायृमा सञ्चालनमा ल्याएको पशुपंक्षी उपचार क्लिनिक तथा प्रशिक्षण केन्द्रको मेचीनगर नगपालिकाका प्रमुख विमल आचार्यले उद्घाटन गर्नुभएको थियो ।

उद्घाटनसत्रमा बोल्दैं नगर प्रमुख आचार्यले अबको शिक्षा प्राविधिक भएकाले हरेक क्षेत्र प्राविधिक मैत्री बन्नु पर्नेमा जोड दिनुभयो । यस केन्द्रबाट नगरभरिका सवै किसानहरु लाभावन्तित हुने भन्दैं यसका लागि स्थानीय सरकारको साथ सहयोग सदैव रहने बताउनुभयो । यस केन्द्रबाट उत्पादन भएका जनशक्तिलाई उचित व्यवस्थापनमा नगर सरकार लाग्ने बताउदैं अब हरेक दक्ष जनशक्तिलाई प्रयोग गर्न जोड दिनुभयो ।

विद्यालयका सहायक प्रधानध्यापक तेजप्रकाश चौलागाईँका अनुसार यस केन्द्रबाट पशुपंक्षीको निःशुल्क परीक्षण, गुणस्तर पशुपंक्षीको उपचार सेवा, नश्ल सुधार, भ्याक्सिन भ्याक्सिनेशन, पशुपंक्षी माछाका दाना, पशुपंक्षी पालन सम्बनिध परामर्श,चौविसै घण्टा आक्समिक सेवालगायतका सुविधा उपलब्ध गराउने छ ।

यस केन्द्रबाट मेचीनगरका हरेक कृषकले लाभ लिन सक्ने उहाँको भनाई छ । विद्यालयले केन्द्र सञ्चालनका लागि २४ लाख रुपैयाँको लागतमा विद्यालय परिसरमा चारकोठे पक्की भवन निर्माण गरेको थियो । अहिले शुरुमा करीव ५ लाख रुपैयाँको लागानीमा केन्द्र सञ्चालनमा ल्याएको हो ।

विद्यालयमा विगत ६ वर्षदेखि कक्षा ९ देखि १२ सम्म विज्ञान विषय अन्तर्गत जेटि र जेटिएका कक्षा सञ्चालन गदैं आएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशविक्रम नेम्वाङ्गको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा मेचीनगर नगरपालिका शिक्षा शाखा संयोजक नगर शिक्षा अधिकारी होमनाथ भण्डारी, विद्यालयका प्रधानध्यापक महेन्द्रविलास लुइटेल, शिक्षक महासंघ मेचीनगर अध्यक्ष लेखानाथ पौडेल, मेचीनगर कार्यपालिका सदस्य एवम् विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्ण कनाललगायतले बोल्नु भएको थियो ।

शिक्षक रमेश दाहालले सञ्चालन गर्नुभएको कार्यक्रममा उद्घाटन सत्रमा सहभागी सवैलाई विद्यालयका सहायक प्रधानध्यापक तेजप्रसाद चौलागाईँले स्वागत गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here