चर्च ब्वाइज सेमिफाइनलमा

0
436

local1
बुधबारे, जेठ ५ । झापाको बुधबारेमा जारी दोस्रो आदर्श च्यालेञ्ज नकआउट फुटबल प्रतियोगिताको आज सोमबार सम्पन्न खेलबाट काठमाडौँको चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ ।
स्पर्धी उर्लाबारी फुटबल क्लबलाई सडेन डेथमा पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनलमा पुगेको हो । निर्धारित समयमा दुवैतर्फ गोलरहित बराबरी भएपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो । टाइब्रेकरमा पनि ४–४ गोलको बराबरी भएपछि थप दुई–दुई प्रहार गरिएको थियो । जसमा चर्च ब्वाइज ६–५ गोलले उर्लाबारीविरुद्ध विजयी भयो ।

local
प्रतियोगितामा चर्च ब्वाइजका गोलरक्षक कृष्ण चौधरी म्यान अफ दी म्याच घोषित भए । म्याच कमिस्नार तथा बरिष्ठ फुटबल प्रशिक्षक भगिरथ आले ‘मामा’का अनुसार मङ्गलबारको खेल बिर्तामोड युथ क्लब झापाले भारत आसामको ग्लोबल स्पोटर्स एकाडेमीसँग प्रतिस्पर्धा गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here