‘योगी नरहरिनाथको संक्षिप्त जीवनी’ सार्वजनिक

१० श्रावण २०७८, आईतवार मा प्रकाशित
  • 650
  •  
  •  
  •  
  •  
  •  
    650
    Shares

झापा ।

राष्ट्र गुरु योगी नरहरिनाथको जीवनी समेटिएको पुस्तक प्रकाशन गरिएको छ । पुस्तक नयाँ पुस्तालाई योगी नरहरिनाथका विषयमा जानकारी गराउन सफल हुने विश्वास गरिएको छ ।

विश्व केसी पोखरेलले लेखेको ‘योगी नरहरिनाथको संक्षिप्त जीवनी’ नामक पुस्तक शनिवार राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।

६२ पृष्ठको पुस्तकको मूल्य रु. १०१ राखिएको छ । रमिला बस्नेत र उमाकान्त शर्माले प्रकाशन गरेको पुस्तकको भाषा सम्पादन ज्ञाननिष्ठ ज्ञवाली र लेखक पोखरेलले भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गरिएको कार्यक्रममा विमोचन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरुले संक्षिप्त पुस्तक भए पनि योगी नरहरिनाथका विषयमा बुझ्न पर्याप्त स्रोत सामग्री समावेश गरिएको बताए ।

मृगस्थलीमा योगी नरहरिनाथले लेखेका पुस्तक अलपत्र परेको, कति नष्ट भएको समाचार सार्वजनिक भएकोमा दुःख लागेको उल्लेख गर्दै उनीहरुले ती सम्पदाको संरक्षणमा राज्यको ध्यान जानुपर्ने बताए ।

योगी नरहरिनाथका विषयमा थप खोजी गरी कृति सार्वजनिक गर्न प्रोत्साहन गरिनुपर्नेमा कार्यक्रमका वक्ताले सरोकारवाला निकायको ध्यानाकर्षण गराएका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here