दूधे भेट्रानको आय–व्याय सार्वजानिक

१० श्रावण २०७८, आईतवार मा प्रकाशित

आकृति तिम्सीना, दूधे ।

दूधे भेट्रान क्लब शिवसताक्षीले एक कार्यक्रमबीच हिसाब किताब सार्वजानिक गरेको छ ।

दूधेको च्याङ होटलमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश स्तरीय प्रथम स्व कर्णबहादुर नेम्बाङ स्मृति भेट्रान क्लब २०७७को हिसाब किताब सार्वजानिक गरिएको हो ।

शिवसताक्षी ११ स्थित रंगशाला दूधेमा २०७७ चैत २२ गते उद्घाटन भई चैत २८ गते सम्पन्न भएको प्रतियोगितामा स्व कर्णबहादूर नेम्बाङ परिवारबाट दुई लाख ७५ हजार पाँच सय ,शिवसताक्षी नगरपालिकाबाट भ्याट सहित ८० हजार रुपैँया र देश तथा विदेश साथै स्थानीय व्यवसायी दाताहरुबाट संकलन गरिएको तीन लाख ४० हजार ९ सय ५५ रुपैँया गरी जम्मा ६ लाख ९४ हजार ४ सय ५५ रुपैँया आय सार्वजानिक गरिएको छ ।

त्यस्तै व्यायतर्फ पुरस्कार एक लाख २० हजार ,मेडल तथा प्रमाणपत्र एक लाख १० हजार ,टिम खेल र अफिसियल खर्च ९० हजार बिज्ञापन तथा प्रचार प्रसार खर्च २० हजार ,लाइफ टाइम एचिबमेन्ट अवार्ड २० हजार ,इष्टेज तथा साउण्ड सिष्टम खर्च ५५ हजार ,प्राथमिक उपचार खर्च १० हजार ,आयोजक खेलाडी खर्च ५० हजार गरि जम्मा ४ लाख ७५ हजार व्याय प्रस्तुत गरिएको छ ।

त्यस्तै दुई लाख १९ हजार ४ सय ५५ रुपैँया मौजात रहेको बताइएको छ । पत्रकार सम्मेलनमा विभिन्न दाताबाट कबुल गरिएको रकम ३० हजार उठ्न बाँकी रहेको अध्यक्ष सन्तोष नेम्बाङले जानकारी गराए।

फुटबलको विकास र शारिरीक सुसंगठन सहित उ्रच्च मनोबल क्षमता बिकास गर्ने उदेश्यका साथ सञ्चालन गरिएको प्रतियोगितामा ४० माथी उमेरका पुराना खेलाडीहरु उत्साहका साथ खेलेका प्रतियोगितामा बिजेतालाई ५५ हजार सहित मेजर ट्रफी प्रमाण पत्र प्रदान गरिएको थियो भने उप बिजेतालाई ३१ हजार सहित मेडल ट्रफी प्रमाण पत्र प्रदान गरिएको थियो ।

पत्रकार सम्मेलनमा कोषाध्यक्ष सन्देश देवान ,सचिव बिनो खरेल,दर्शंन तुम्बापो लगायतका आयोजक समितिको सहभागिता रहेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here