हाम्रो प्रतिभा आईडलमा इलामकी सम्झना प्रथम

१० श्रावण २०७८, आईतवार मा प्रकाशित

विमल दहाल, इलाम ।


हाम्रो प्रतिभा आईडलमा इलाम माई नगरपालिका वडा नम्बर–९ की सम्झना राई प्रथम भएकी छिन ।

बिगत दुई महिनादेखि सञ्चालन रहदै आएको आईडलमा ७९ जना देश भरका प्रतिस्पर्धी उछिन्दै झापाकी तिर्षा बिष्ट दोस्रो, इलामका बिजय भण्डारी तृतिय, झापाका अर्पण उप्रेती चौथो र स्याङ्जाका बिशाल रानाभाट पाँचौ भएका थिए ।

कोरियामा रहेका नेपालीहरुको आयोजनामा शनिबार राति भर्चुअल माध्यमबाट सम्पन्न फाईनल प्रतियोगिताको प्रमुख अतिथी गायक याम बराल, बिशेष अतिथि गायक कमल खत्री, निर्णायक गायक तथा संगीतकार राज सागर तथा सञ्चालन कोरियामा रहेका आशिष शाही ठुकुरीले गरेका थिए । बिजेता भएका टप पाँचले नगद पुरस्कार सहित निःशुल्क गित रेकडिङ्गको अबसर पाउने आयोजकले जनाएको छ ।

यता गायन प्रतियोगितामा प्रथम भएकी माई-९ की सझना राईलाई बधाई तथा शुभकामना प्रदान गर्दै स्थानीयहरु खुशियाली मनाई रहेको राईलाई आईडल सम्म पहुँच पुर्याई सहयोग र पहल गर्ने चिसापानीका सामाजिक अभियान्ता अनिल लामाले जानकारी दिए । लामाकै सहयोगमा नवदीप गायक अमृत परियारलाई पूर्वाञ्चल आईडलको फाईनलसम्म पुर्याएर सहयोग गरिएको बताईएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here