मानसिक विकृतिको रुपमा विकास हुँदै अनलाइन गेम

११ श्रावण २०७८, सोमबार मा प्रकाशित
  • 821
  •  
  •  
  •  
  •  
  •  
    821
    Shares

विगतको समय मा मानिस शारीरिक व्यायाम तथा खेलकुदमा आफ्नो समय खर्च गर्ने गरेको पाइन्छ । फुटबल भलिबल र मैदानमा खेलिने खेलले बालबालिकादेखि लिएर जस्ता उमेर समूहका व्यक्तिहरुलाई पनि शारीरिकरुपमा तन्दुरुस्त राख्ने गरेको थियो । तर, आधुनिक गेम र इन्टरनेटका साम्रगीले बालबालिकालाई शारीरिकरुपमा कमजोर बनाएको छ ।

मोबाइल गेमिङको वार्षिक व्यापार लगभग १५ अर्ब नेपाली रुपैयाँ हुने गरेको पाइएको छ । त्यसैले कम्पनीहरू दिनानुदिन नयाँ प्रकारका गेमहरूको आविष्कार गर्दै विशेषगरी नेपाल जस्ता देशमा पठाउने गरेको पाइन्छ । बच्चाहरू त मोबाइलमा गेम खेल्ने भनेपछि हुरुक्क नै हुन्छन् । यसले उनीहरूमा रचनात्मकताको विकास हुने र यसले संज्ञानात्मक सीपको विकासमा मद्दत नपुग्ने कुरामा दुईमत छैन । प्रविधिको बढ्दो प्रयोगसँगै बालबालिका र युवाहरू मोबाइल, ट्याबलेट, कम्प्युटरलगायत विद्युतीय उपकरणमा व्यस्त हुन थालेका छन् । मानिसहरू घण्टौंसम्म पब्जी जस्ता भिडियो गेम खेल्छन्, जसले मानसिक समस्या निम्त्याउन सक्छ ।

घण्टौंसम्म अनलाइन गेमिङमा व्यस्त भएपछि त्यस्ता व्यक्तिमा गेमिङ डिस अर्डर हुन्छ । गेमिङ डिस अर्डर एक लत हो । कुनै पनि चीजको लत लाग्नुलाई राम्रो मानिँदैन । लत अति भयो भने त्यसले मानिसलाई बर्बाद गरिदिन सक्छ । त्यसो त लत भन्ने बित्तिकै मानिसको दिमागले मदिरा, धुम्रपान, लागूपदार्थ, तास र यहाँसम्म कि सेक्सलाई सम्झिन्छ । तर, यी बाहेक अरु पनि यस्ता धेरै लत हुन्छन् जसको बारेमा कमै मानिसहरुलाई थाहा छ । यी लतहरु पनि मदिरा र धुम्रपानको लत जस्तै खतरनाक हुन्छन् । जस्तै कोही मानिसहरुलाई अरुको सामान चोर्ने लत हुन सक्छ ।

कुनै पनि चीज वा काममा धेरै बेरसम्म एकोहोरिएर लाग्नाले त्यसको लत बस्छ । लतले कुनै पनि मानिसलाई एकोहोरो बनाइदिन्छ र उनीहरु त्यो कुरालाई लिएर पागल नै हुन्छन् । यसले स्वास्थ्य, पैसा, सम्बन्ध र मानिसको सम्मानको हानी पु¥याउँछ । यस्तै लतहरु मध्ये एक हो– गेमिङ । हामी मध्ये धेरैलाई थाहा नहुन सक्छ कि विश्व स्वास्थ्य संगठनले गेमिङको लतलाई मानसिक विकृति मानेको छ । गेमिङ भन्नाले कम्प्युटर गेमहरु वा कुनै विद्युतीय ग्याजेटहरु जस्तै फोन, ट्याब्लेट, ल्यापटप, प्ले स्टेशन आदिमा खेलिने खेलहरुको कुरा गर्न खोजिएको हो । ५–६ वर्षका बच्चादेखि युवाहरु मात्रै होइन, ४० वर्ष कटिसकेका मानिसहरुलाई पनि गेमिङको लतले सताएको पाइन्छ । हाल कतिपय बालबालिका र युवा वर्ग इन्टरनेट गेमिङ डिसअर्डरको समस्या लिएर अस्पताल आउने गरेका छन्, यो एक प्रकारको मानसिक रोग हो । खेल्न छाड्दा छटपटी हुने, बिस्तारै टाउको दुख्ने, निद्रा नलाग्ने, रिस उठ्ने जस्ता समस्या देखिन्छन् । कतिपयमा धैर्य गर्ने क्षमतामा कमी आउने गर्छ । पब्जी जस्ता गेममा धेरैजसो विषयवस्तु हिंसात्मक हुने गर्छन् । लामो समय गेममा बिताउँदा दिमागमा गहिरो छाप पर्ने भएकाले बालबालिकाले बाहिर पनि यस्तै क्रियाकलाप देखाउने जोखिम रहन्छ ।

कतिपयमा धैर्य गर्ने क्षमतामा कमी आउने गर्छ । पब्जी जस्ता गेममा धेरैजसो विषयवस्तु हिंसात्मक हुने गर्छन् । लामो समय गेममा बिताउँदा दिमागमा गहिरो छाप पर्ने भएकाले बालबालिकाले बाहिर पनि यस्तै क्रियाकलाप देखाउने जोखिमरहन्छ । यस्ता मानिसहरु आफ्नो विद्युतीय ग्याजेटमा अनलाइन वा अफलाइन गेमहरु खेल्ने गर्छन् । गेमिङको मजामा भुल्दै जाँदा यसले उनीहरुलाई एकोहोरो बनाउँछ र दिनरात त्यसैमा भुल्न थाल्छन् । यस्तै बच्चाहरु घर बाहिर विभिन्न प्रकारका खेलहरु खेल्नको सट्टा सोफा वा ओछ्यानमा बसेर आफ्नो ग्याजेटमा विभिन्न गेमहरु खेल्न मन पराउँछन् । यसले उनीहरु शारीरिकरुपले सक्रिय हुँदैनन् र शारीरिक विकास ठिकसँग हुन पाउँदैन । धेरै बेरसम्म गेम खेल्ने बानीले उनीहरुलाई आँखाको समस्याले पनि सताउन सक्छ ।

गेममा भुल्ने मानिसहरु आफ्नो वरिपरिका मानिसहरुसँग धेरै बोल्दैनन् र उनीहरु एक्लै बसेर घण्टौंसम्म खेल्न थाल्छन् । यसले उनीहरुलाई अरुसँग घुलमिल हुने मौका दिँदैन र असामाजिक बनाउँछ । अध्ययन अनुसार महिलाहरुको तुलनामा पुरुषमा गेमिङको लत धेरै हुन्छ । अनि बालबालिकाहरूलाई अनलाइन ‘गेमको’ लतबाट जोगाउनका लागि उक्त खेल र इन्टरनेट साम्रगीहरुमा नै प्रतिबन्ध लगाउनु आवश्यक देखिएको छ । विशेषगरी बालबालिका र १८ वर्षभन्दा मुनिका बच्चाहरूले रात–दिन अनलाइन गेम खेल्ने गरेको पाइन्छ । भिडियो गेमको लतले बालबालिकाको स्वास्थ्यमा नराम्रो असर परिरहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले गत वर्ष अनलाइन खेलको लतलाई ‘गेमिङ डिसअर्डर’को रूपमा सूचीकृत गर्दै पहिलो पटक त्यसलाई मानसिक स्वास्थ्यको स्थितिका रूपमा परिभाषित गरेको थियो । हालैको अमेरिकी साइक्याट्री एसोसिएशनको मानसिक रोग सम्बन्धी पुस्तिकाले भने यसलाई औपचारिक रूपमा पहिचान गरेको छैन । तर, इन्टरनेट गेमिङ डिसअर्डर थप अध्ययन गर्न सकिने एक किसिमको स्थितिको रूपमा भने सूचीकृत गरिएको छ । केही देशहरूले अत्यधिक खेल्नुलाई प्रमुख जनस्वास्थ्य समस्याको रूपमा पहिचान गरेका छन् । र, धेरैले यस अवस्थाको उपचार गर्नका लागि निजी चिकित्सालय समेत खोलिसकेका छन् ।

यदि तपाईं आफ्नो दैनिक जीवनलाई नजरअन्दाज गरेर पनि गेममा लागिरहनुहुन्छ भने केही समयमै तपाईंमा यसको लत लाग्छ । गेम धेरै खेल्नाले मानिसहरुको सिर्जनात्मकतामा ह्रास आउन थाल्छ । उनीहरुले सकारात्मक चीजलाई गुमाउन थाल्छन् । गेमिङको लतले उनीहरुको मस्तिस्कको स्वास्थ्यमा पनि असर गर्न थाल्छ । १८ जुन २०१८ मा विश्व स्वास्थ्य संगठनले पनि गेमिङको लतलाई मानसिक विकृति घोषणा गरेको छ । विशेषज्ञहरुका अनुसार यो एक समस्या हो । जसको तुरुन्त उपचार गर्नुपर्ने हुन्छ । मानसिक रोग विशेषज्ञका अनुसार कग्नेटिभ बिहेवरियल थेरापी, डि–एडिक्सन थेरापीका साथै औषधिहरुको सेवनले यो समस्याबाट छुटकारा पाउन सकिन्छ ।

के गर्दा हट्छ त बालबालिकाको गेमिङ लत ?

इन्टरनेट गेमिङको असरबारे ज्ञान दिनु नै पहिलो समाधान हो । बालबालिकालाई घर–परिवार तथा विद्यालयमा यसबारे अनिवार्य जानकारी दिनु जरुरी देखिन थालेको छ । उनीहरूलाई लामो समयसम्म ग्याजेटमा समय बिताउन दिनुहुँदैन । बिस्तारै लत बस्दै गएपछि भनेको नमान्ने, झगडा गर्ने, तोडफोड गर्ने हुन्छन् । तसर्थ, शुरुवातीको चरणमै नियन्त्रण गर्नुपर्छ । लत परिसकेका व्यक्तिलाई मनोविद् तथा मनोचिकित्सकको सहयोगबाट उपचार गर्न सकिन्छ । मोबाइल, ल्यापटप आदिमा बस्ने समय निर्धारण गरिदिनुपर्छ ।

निश्चित समय मात्र उनीहरूलाई मोबाइल वा ल्यापटप चलाउन दिने गरौं । साथै अन्य समय बालबच्चालाई एक्लो हुन नदिने । उनीहरूसँग कुनै न कुनै रुपमा सहभागी हुने । घरायसी कामकाजमा उनीहरूलाई व्यस्त राख्ने । खानेकुरा बनाउने, बगैंचामा खेल्ने, फूलहरू रोप्ने, बोटबिरुवा रोप्ने, आफ्नो खेत जग्गा घुमाउने, चित्रहरू बनाउने जस्ता काममा खटाउने । उनीहरूसँग घरभित्रै अरु खेलहरु खेल्न सकिन्छ । जसले उनीहरूलाई स्क्रिनबाट मुक्त राख्न सक्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here