छुट्टा छुट्टै दुर्घटनामा ३२ घाइते

0
374

bus
बिर्तामोड,जेठ ६ । झापामा आज भएको दुई वटा सवारी दुर्घटनामा ३२ जना घाइते भएका छन् ।
घाइते मध्ये सात जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
लहानबाट काँकरभिट्टातर्फ गइरहेको बा३च ९५४४ नम्बरको मारुती भेन विहानै चारपाने–२ सडक खण्डमा अन्यन्त्रित भइ सडकबाट तल झर्दा सात जना गम्भीर घाइते भएका छन् ।
भेनमा रहेका सिराहा सुखीपुर–४का ५५ बर्षीय रामचन्द्र सिंह, सिराहा धनगढी–३का ४८ बर्षीय रामसागर महत्तो, सोही ठाउँकी ५० बर्षीय सिलादेवी सिंह, ४५ बर्षीया श्रीवतीदेवी महतो, २८ बर्षीय रोहित यादव, ४८ बर्षीय महोम्मद हुसेन र झापा मेचीनगर–५का २६ बर्षीय अमृत मगर गम्भीर घाइते भइ हाल विराटनगरको न्यूरो हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अत्यधिक गतिका कारण अनियन्त्रित भइ भेन सडक किनारको कल्भर्टको वाल भत्काएर तल झरेको प्रहरीले जनाएको छ ।

buss
त्यस्तै सुरुङ्गा–झापा बजार सहायक सडक अन्तर्गत सुरुंगातर्फ आइरहेको एक स्कूल बस सुरुङ्गा–७ चप्रामारी सडक खण्डमा साइकल यात्रुलाई जोगाउन खोज्दा वस पल्टँदा २५ जना विद्यार्थी घाइते भएका छन् ।
मे १ ख ८८३ नम्बरको सुरुङ्गास्थित दीपरत्न बोर्डिङ स्कूलको बस पल्टँदा विद्यार्थी घाइते भएको र उनीहरुको अवस्था सामान्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी हवल्दार याम खड्काले जानकारी दिए । दुर्घटना परी घाइते हुने विद्यार्थीहरुमा डाँगीबारी – ६ निवासी ७ वर्षीया निश्चल  सिलवाल सोही ठाउँका १५ वर्षीय विनिषा प्रसाई , १४ वर्षीया वेन्जु प्रसाई , १३ वर्षीया
सविना उप्रेती ९वर्षीया, आषिश लिम्वू, ९ वर्षीय प्रशान्त खत्री , ९ वर्षीय निसम शिलवाल, १२ वर्षीय निकिता सिलवाल, रहेका छन् । त्यस्तै अन्य घाइते विद्यार्थीहरुमा सोही ठाउँका ११ वर्षीय विज्ञान प्रसाई, ३ वर्षीय अङ्कुस लिम्वू, ५ वर्षीय पदम खवास, ९वर्षीय कुसुम शिवाकोटी , ७ वर्षीय सन्दीप भूजेल र ९ वर्षीय सन्देश मगर लगायत  रहेका छन् । दुर्घटनामा परी घाइते भएका  केही विद्यार्थी भने प्राथमिक उपचार पछि घर फर्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।
बसका चालक फरार छन् । घाइतेहरुको सुरुगा र बिर्तामोड स्थित स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here