विद्यालयको गुणस्तर अभिवृद्धि गर्न शैक्षिक सामाग्री

0
509

logo-of-purwanchal

सुरुङ्गा, जेठ ७ । सुरुङ्गा–७ तुलसीबारीस्थित देवकोटा प्राथमिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि ‘छाहारी नेपाल’ नामक युवाहरुको सामाजिक संस्थाले शिक्षक सहित शैक्षिक सामाग्री प्रदान गरेको छ ।

विद्यालयका जग्गादाता एवम् शिक्षासेवी यादव उप्रेतीको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रमका बीच संस्थाले अंग्रेजी तथा कम्प्यूटर शिक्षकका रुपमा शोभा दाहाललाई अध्यापनका लागि खटाएको छ । शिक्षकको तलब सुविधा लगायतका सबै व्यवहार संंस्थाले व्यहोर्ने गरी संस्थाका सदस्य समेत रहेकी दाहाललाई विद्यालयमा पठाइएको संस्थाका अध्यक्ष ख्याम शिवाकोटीले बताए ।

सोही अवसरमा संस्थाले विद्यालयमा आवश्यक पर्ने अंग्रेजी र कम्प्यूटर पुस्तक, कपि, पेन्सिल लगायतका सामाग्री समेत प्रदान गरिएको थियो । संस्थाले यस अगाडि नै विद्यालयलाई १ थान कम्प्यूटर प्रदान गरिसकेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कविन्द्र तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा छहारी नेपालका राजेन्द्र सिटौला, सिंहदेवी निमाविका प्रधानाध्यापक डम्बरप्रसाद फुयाँल, विद्यालयका पूर्व अध्यक्ष हेमराज विमली, शिक्षिका सोभा दाहाल लगायतले मन्तव्य राखेका थिए । सोही अवसरमा उद्योग वाणिज्य संघ सुरुङ्गाका उपाध्यक्ष मोतीखर ओझाले आफ्ना स्वर्गीय भाई ख्यामराज ओझाको स्मृतिमा स्थापना गरेको उत्कृष्ट छात्रछात्रा पुरस्कारबाट विद्यालयकी छात्रा सुनिता टुडुलाई नगद सहित सम्मान गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here