बिर्तामोड,जेठ ७ । नेपाल ज्योतिष परिषद झापाले पूर्णता पाएको छ ।
आज झापाको बिर्तामोडमा बसेको सर्वपक्षीय भेलाबाट तीन जना उपाध्यक्ष निर्विरोध निर्वाचित भएसंगै परिषदले पूर्णता पाएको हो ।
उपाध्यषहरुमा क्रमश चन्द्रमणि मगर ,इश्र्वर पोखरेल र विष्णुमान नेपाल रहेका छन् । यो संगै परिषदको कार्यसमिति १९ जनाको बनेको छ ।
त्यसैगरी भेलाले परिषदका केन्द्रीय सदस्य सीताराम, सोम लुईटेलको सयोजकतोमा ७ सदस्यीय सल्लाहकार समिति समेत बनाएको । त्यस्तै जेठ अन्तिम साता हुने राष्ट्रिय सम्मेलनको पूर्व तयारीका लागि झापा सचिव पशुपति दवाडी र चेतन ओलीलाई जिम्मा दिएको परिषदका प्रेश सल्लाहकार राजकुमार ओलीले बताए ।