मोरङ्गमा १० दिनका लागि निषेधाज्ञा थप

0
531

पथरिशनिश्चरे,

शुक्रबार राति १ बजेदेखि २४ गते राति १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभर पुनः निषेधाज्ञा थप गरेको छ ।

जिल्लाका धेरै पालिकाहरूमा कोरोना भाईरसको दोस्रो लहरको संक्रमणको क्रम केही न्यून भए पनि पुर्ण रूपमा नियन्त्रण भै नसकेको र पुनः संक्रमण फैलिन सक्ने संभावना रहेको जनाउंदै विहीवार दिउँसो प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाद्वारा हस्ताक्षरित निषेधाज्ञा आदेश पुनः जारी भएको हो ।

दक्षिणी पालिकाहरूको तुलनामा उत्तरी भुभागका पालिकाहरूमा कोभिडको संक्रमण दर नियन्त्रण भैं नसकेको र मृत्यु हुनेको संख्या पनि न्यून नभएको भन्दै थप १० दिनका लागि निषेधाज्ञा थप भएको हो ।

गत २४ घण्टाभित्र मोरङमा ५ महिला सहित कूल १३ जना नयाँ काेराेना संक्रमित थपिएको डि ए ओ ले जनाएको छ । पछिल्लो तथ्यांक अनुसार हाल जिल्लामा कूल २० हजार ४ सय १४ कोरोना संक्रमितहरूको संख्या पुगेको छ भने उपचार सेवा पाई पुर्ण रूपमा निको हुने १५ हजार २ सय ३५ जना रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here