लूथरनद्वारा विपन्नलाई बंगुर प्रदान

१५ श्रावण २०७८, शुक्रबार मा प्रकाशित

पथरिशनिश्चरे,

पूर्वी मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं–१० स्थित त्रिवेणी चोकका १० परिवारलाई आत्मनिर्भर बनाउन २ विउसहित ६२ वटा वंगुरका पाठापाठी प्रदान गरिएको छ ।

शरणार्थी शिविर र आसपास ठाउँका कूल १० विपन्न परिवारलाई नगरपालिकाको समन्वयमा लूथरन विश्व महासंघले प्रदान गरेको हो । शरणार्थी प्रभावित क्षेत्रका वासिन्दाहरूलाई व्यवसायिक पशुपालनतर्फ आकर्षित तुल्याई तिनको जीवनस्तर उकास्ने उद्देश्यले वंगुरका पाठा पाठी प्रदान गरिएको बताइयो ।

उक्त अवसरमा नगर उप प्रमुख यमुना विष्ट वास्तोलाले जुनसुकै बेला पनि नगरका पशुप्राविधिकले निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने र अन्य कुरामा नगरपालिकाको निरन्तर सहयोग भैरहने विश्वास दिलाउनुभयो।

सोहि अवसरमा उपप्रमुख विष्टले वंगुर व्यवसायलाई भरपर्दो आय आर्जनको स्रोत बनाउन आग्रह गरेकी थिइन् । लूथरनद्वारा एक वर्षको लागि जग्गाको भाडा उपलब्ध गराउने र महिनाको लागि चोकरदाना उपलब्ध गराएको छ भने १४ लाखको लागतमा२ वटा पक्की खोर निर्माण गरिदिएको लूथरनका प्रोग्राम अफिसर नरेन्द्र वर्मा बताएका हुन्।

नगरका चारवटा समूहका लागि बंगूर वितरण कार्यक्रम अन्तर्गत १० नम्बर वडाकै जिरिखिम्तीमा रहेको २ वटा समूहलाई ६२ वटा बंगुर वितरण गर्ने अवको कार्यक्रम रहेको लुथरनले जनाएको छ ।

वडा नम्बर १० मा रहेका शरणार्थी तथा सो वडा र आसपासका आर्थिक विपन्न स्थानीय समुदायको जीवनस्तर सुधार गर्न ‘भूटानी शरणार्थी र स्थानीय समुदायका लागि कृषि तथा पशुपालन परियोजना’ तय भएको छ ।

युएनएचसीआरले १ करोड ३८ लाख ९६ हजार रुपैयाँ बजेटमा वडा नम्बर १०, ९ र ४ मा गरी साढे ८ विगाहा जग्गा व्यवस्थापन गरेर बाख्रा, बंगुर, कुखुरा पालन तथा सागसब्जी र च्याउ खेतीको कार्यक्रम अघि बढाइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here