बिर्तामोडका करदातालाई कर सम्वन्धी शिक्षा

0
546

अन्जना चापागाई           logo-of-purwanchal
बिर्तामोड,जेठ ८ । सरकारले चारपाने र अनारमनीलाई मिलाएर   बिर्तामोड नगरपालिका घोषणा गरेसंगै आन्तरिक राजश्व कार्यालय भद्रपुर झापाले करदातालाई शिक्षा प्रदान गर्ने उद्देश्यले आज बिर्तामोडमा करदाता शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
करको चर्चा घर घरमा गरौं, कर तिरौं, राष्ट निर्माणमा सहभागी बनौं भन्ने मूल नाराका साथ आन्तरिक राजश्व कार्यालयले करदाता शिक्षा कार्यक्रम सम्पन्न गरेको हो । बिर्तामोड स्थित हनुमान सेन्ट्रलको प्राङ्गढमा आयोजित कार्यक्रममा बिर्तामोड क्षेत्रका ५० वढी व्यवसायी सहभागी रहेका थिए । सहभागीलाई आन्तरिक राजश्व कार्यालय झापाका प्रमुख कर अधिकृत षडानन्द गुरुङले करको विषयमा  जानकारी गराएका थिए ।
कार्यक्रममा प्रमुख कर अधिकृत गुरुङले बिर्तामोड नगरपालिका भइसकेपछि व्यवसायीले करका विषयमा के – के कुरामा ध्यान दिनु पर्ने हो सो विषयमा समेत जानकारी गराएका थिए । उनले व्यवसायीले आयकर तर्फ स्थायी लेखा नम्वर(उबल) लिई व्यवसायिक रुपमा कारोवार गर्नु पर्ने, व्यक्तिगत स्थायी लेखा नम्वर लिनु पर्ने लगायत र मूल्य अभिवृद्धि कर तर्फ मूल्य अभिबृद्धि कर लाग्ने वस्तु तथा सेवाको कारोवार गर्ने व्यवसायीले मूल्य अभिवृद्धि करमा दर्ता भएर मात्र कारोवार गर्नु पर्ने लगायतका विषयमा जानकारी गराएका थिए । उनले करका विषयमा कुनै कुरा नवुझे कर कार्यालयमा सम्पर्क गर्न समेत आग्रह गरे ।
त्यस्तै कार्यक्रममा कर अधिकृत ऋषिराज अधिकारी, खरिदार वीरवहादुर श्रेष्ठ,नायव सुव्बा डोटराज सुनुवार लगायतले समेत कर प्रणलीका विषयमा जानकारी गराएको थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here