गजल

१६ श्रावण २०७८, शनिबार मा प्रकाशित

विगत सम्झेर आखा टिलपिल भै रहन्छ
यसरी जिउने क्रममा मुस्किल भै रहन्छ

चिनोसम्म जलाएर सम्बन्धलाई मेटे भन्छौं
त्यो निर्णय कतिञ्जेल कुटिल भै रहन्छ

सम्पर्क हुने जति सबै बाटा बन्द गरे पनि
याद चै किन हो हरपल दाखिल भै रहन्छ

वियोगान्त कथा बढी किन रुचाइन्छभन्दा
सबको मन छुन लेखक हासिल भै रहन्छ

विछोड पनि एक प्रकारको अम्मल बन्दोरैछ
जति सम्झियो उति विगत प्रेमिल भै रहन्छ ।

– कोसिस घिमिरे
बिर्तामोड–३, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here