खोप प्रकरणःनगरपालिकामा तालाबन्दी, घटना ढाकछोपको प्रयत्न

0
544

बिर्तामोड ।
कांग्रेस र माओवादी निकट विद्यार्थीको समूहले शनिबार झापाको विर्तामोड नगरपालिकामा तालाबन्दी गरेको छ । सर्वसाधारणका लागि आएको कोरोनाको खोप होटलमा भेटिएको घटनाको सत्यतथ्य छानबिनको माग गर्दै उनीहरुले तालाबन्दी गरेका हुन् ।

बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका फोकल पर्सन ओम खड्कामाथि कारवाहीको माग गर्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न विद्यार्थी संगठनहरु पुगेका थिए । कोरोनाको खोप लुकाएको अभियोगमा पक्राउ परेका खड्का शुक्रबार नै छोडिएका छन् ।
खड्कालाई उन्नमुक्ती दिन खोजिएको भन्दै विद्यार्थी संगठनहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको नेविसंघ झापका सचिव पोषराज कटुवालले जानकारी दिए ।
शुक्रबार विर्तामोड स्वास्थ्य शाखाका फोकल पर्सन खड्का २ सय डोज खोपसहित होटल टाइमलेसमा भेटिएका थिए ।

कोरोनाविरुद्धको खोपमा कालोबजारी गर्ने नगरपालिकाका कोभिड फोकल पर्सन खड्कामाथि कारवाही र घटनाको निष्पक्ष छानविनको नभएसम्म ताला नखोलिने नेविसंघको बर्तमान केन्द्रिय सदस्य सन्तोष उप्रेतीले बताए ।

दुई सय भेरोसील डोज खोप सहित होटलबाट पक्राउ परेका उनलाई तरुण दलका कार्यकर्ताले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

प्रहरीले खड्कालाई नियन्त्रणमा लिएर स्वास्थ्य कार्यालय झापामा कारबाहीका लागि बुझाए पनि कार्यालयले खोप जिल्लाबाट वैधानिक रूपमा पठाइएको भन्दै घटनाको ढाकछोप गर्ने प्रयत्न गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here