विर्तामोड उद्योग वाणिज्य संघद्वारा खोप लुकाइएको विषयको वास्तविकता सार्वजानिक गर्न माग

0
458

बिर्तामोड ।

विर्तामोड उद्योग वाणिज्य संघले कोरोना खोप लुकाइएको विषयको सत्य तथ्य सार्वजानिक गर्न माग गरेको छ ।

शनिबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै संघले कोरोना भाइरसको संक्रमण दर र मृत्युदर दिनानुदिन बढी रहेका बेला सरकारले खोप दिनु भनेर तोकेको समुह दिनभर जोखिम मोलेर भिडभाड र घाममा बस्नु परेको तर उक्त समुहले खोप नपाउनु र विभिन्न बहानामा खोप होटलमा लुकाईछिपाई राखेको घटनाले गम्भिर प्रश्न उठाएको अध्यक्ष प्रकाश शिवाकोटीले बताए ।

पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ– होटलमा खोप लुकाइएको घटनाको सत्य तथ्य छानबिन गरी सार्वजानिक गर्न, फोकल पर्सन ओम खड्कासहित संलग्न सबैलाई कारबार्ही गर्न हामी तीनै तहका सरकार र स्थानीय प्रशासन समक्ष जोडदार माग गर्दछौं । साथै यो घटनासंगै खोप कार्यक्रमबारे गम्भिर चासो लिन खबरदारी गर्न हामी उद्योगी ब्यवसायी, आम नागरिक, राजनीतिक दल, अधिकारकर्मी, सञ्चारकर्मी सबैमा अपिल गर्दछौं ।

वाणिज्य संघका महासचिव अर्जुनकुमार मैनालीले वास्तविकता उजागर नभए, दोषिलाई कारबाही नभए बिर्तामोड उद्योग वाणिज्य संघ सशक्त खबरदारीमा उत्रने चेतावनी दिए । पत्रकार सम्मेलनमा वाणिज्य संघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

सबै नागरिकलाई यथाशिघ्र खोप उपलब्ध गराउनका साथै खोप कार्यक्रम पारदार्शि र ब्यवस्थित रुपमा सञ्चालन गर्न तथा अनियमितता गर्ने ब्यक्ति तत्काल निलम्बन गरी उक्त कार्यक्रम सहयोग गर्ने अन्य ब्यक्तिलाई समेत कडा कारबाही गर्न संघका निर्वतमान अध्यक्ष कुमार भट्टराईले माग गरे । कार्यक्रममा वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, जीवन खड्का लगायतले बोलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here