बिर्तामोड खोप काण्ड : वास्तविकता सार्वजानिक गर्न पाँच राजनीतिक दलको माग

0
746

बिर्तामोड।

बिर्तामोडमा शुक्रबार होटलमा भेटिएको खोपको वास्तविकता सार्वजानिक गर्न विभिन्न पाँच राजनीतिक दलले माग गरेका छन् ।

शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले तत्काल वास्तविकता सार्वजानिक गरि दोषिलाई कडा कारबाही गर्न माग गरेका हुन् ।

नेपाली कांग्रेसका सभापति उद्धव थापा, नेकपा माओवादी केन्द्रका सचिव मणिकुमार साङपाङ, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष दिपेनबाला राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष केशव ओझा र राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष सन्तोषकुमार राईले संयुक्त विज्ञप्ति निकालेर घटनाको वास्तविकता सार्वजानिक गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ– सर्वसाधारणले खोप लगाउन नपाएको तर, होटलमा लुकाएर राखेको उक्त निन्दिनीय, अमानवीय, अक्षम्य घटना प्रति खेद ब्यक्त गदैछौं । कोरोनाको महामारीबाट हामी सबै प्रभावित भइरहेको र झापा जिल्ला यसको उच्च जोखिममा रहेको र्वतमान अवस्थामा स्वास्थ्य कार्यालय जस्तो संवेदनशिल सरकारी निकायबाटै अनियमित र गैरजिम्मेवारी पूर्ण कार्य हुनु अत्यन्त दुखद् विषय हो ।

राजनीतिक दलका नेताहरुले खोप सकिएको भनेर लाइनमा बसेका नागरिकलाई सुचना दिएको केही क्षणमै विर्तामोड नगरपालिकका कोरोना फोकल पर्सन ओम खड्का खोपसहित होटलमा भेटिनु संयोग मात्रै कदापि हुन नसक्ने बताएका छन् । उनीहरुले जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखले केही दिन यता सञ्चारमाध्यममा प्रयोग गरेको विरोधाभाषपूर्ण भाषहरु अत्यन्तै अशोभनिय र निन्दिनीय रहेको बताएका छन् ।

राजनीतिक दलका नेताहरुले सत्यतथ्य बाहिर नआएको अवधिसम्म स्वास्थ्य कार्यालयका प्रमुख र बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाको कोरोना फोकल पर्सन एवम् खोप काण्डमा संलग्न आरोपिलाई निलम्बन गर्न माग गरेका छन् । उनीहरुले बिर्तामोड नगरपालिकामा लगाइएको कोरोनाको खोपको नामावली तत्काल सार्वजानिक गर्न माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here