बिर्तामोड खोप काण्ड: एमालेद्वारा वास्तविकता सार्वजानिक गर्न माग

१६ श्रावण २०७८, शनिबार मा प्रकाशित

बिर्तामोड ।

नेकपा एमाले बिर्तामोड नगर कमिटीले शुक्रबार बिर्तामोड स्थित टाइमलेस मुमेन्ट होटलमा फेला परेको कोरोना विरुद्धको खोपको वास्तविकता सार्वजानिक गर्न माग गरेको छ ।

बिर्तामोड नगर कमिटी अध्यक्ष उमानाथ ओलीद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– स्वास्थ्य जस्तो संवेदनशिलताको विषयमा कसैबाट पनि अनियमितता भएको भए त्यो क्षम्य हुदैन् । समस्याको तथ्यपरक र सही अनुसन्धान गरी यथार्थ तत्काल सार्वजानिक गर्न पनि एमालेले माग गरेको छ ।

साथै नगरमा क्रियाशिल विभिन्न राजनीतिक र भातृसंगठनहरुलाई तालाबन्दीले समस्या समाधान नहुने भन्दै वार्ता र संवादबाट समस्या समाधान गर्न सबैले पहल गर्नु पर्ने एमालेले धारणा सार्वजानिक गरेको छ । बिर्तामोड नगरपालिकामा हाल सम्म लगाइएको खोपको विवरण तत्काल सार्वजानिक गर्न पनि माग गरेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here