सिकारु चालकको मनोमानी

0
549

जाजरकोट, 

कच्ची सडकमा सिकारु चालकको मनोमानीका कारण यातायातका साधन चलाउँदा दुर्घटना हुने क्रम बढेको छ ।

भर्खरै ट्र्याक खुलेको सडकमा सिकारुले यातायातका साधन जथाभावी चलाउँदा दुर्घटना हुने क्रम बढेको हो । दुर्गम गाउँमा स्थानीय तह तथा प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण भएका सडकमा दुर्घटना बढेको पाइएको छ ।

ट्राफिक प्रहरीको नजर नपुग्ने ठाउँमा धेरै यात्रु राखेर तोकिएको दरभन्द बढी रकम असुल्दै सिकारु चालकको बदमासी गाउँतिर सरेको हो । गाउँका सर्वसाधारणलाई चालकसँग चालक अनुमतिपत्र भए÷नभएकोबारे जानकारी नहुने हुँदा दुर्घटना हुने क्रम बढेको छ । नियमित मर्मतसम्भार नगरेको, बत्ती नभएका, गियर नलाग्ने यातायातका साधन धकेलेर सञ्चालन गर्दै यात्रु ओसारपसार गर्दा थप दुर्घटना बढेको हो । असारको पहिलो साता मोटरसाइकल दुर्घटना हुँदा बारेकोट गाउँपालिका–५ की कृष्णकुमारी शाहीको मृत्यु भयो । उहाँलाई मोटरसाइकलमा राख्ने चालक राजेन्द्रविक्रम शाही घाइते छन् तर उनीसँग चालक अनुमतिपत्र नभएको प्रहरीले जनाएको छ ।

त्यसको साता दिनअघि बारेकोट गाउँपालिका–८ लैखममा जिप दुर्घटना भयो । सो जिप चालकको समेत सवारी चालक अनुमतिपत्र नभएको प्रहरीले जनाएको छ । त्यहाँ एक जनाको मृत्यु भयो भने चार घाइते भए । तीन हप्ताअघि बारेकोटकै सक्लामा मोटरसाइल दुर्घटनामा परी एक जनाको मृत्यु भयो ।

उहाँको पनि सवारीचालक अनुमतिपत्र नभएको पाइएको थियो । गाउँमा सञ्चालनमा रहेका अधिकांश सवारी चलाउने चालकसँग चालक अनुमतिपत्र नभएको पाइएको छ । चालक अनुमतिपत्र नभएका चालकले यातायातका साधन सञ्चालन गरेर दुर्घटना हुने दर बढेपछि टा«फिक प्रहरीले निगरानी बढाएको जिल्ला टा«फिक प्रहरी कार्यालयका प्रमुख लक्ष्मण विकले बताउनुभयो ।

भेरी करिडोरको जाजरकोट बीच विन्दुमा पर्ने भएकाले जाजरकोट हुँदै धेरै सवारी साधन चल्ने गर्दछन् । विगत १० वर्षको तथ्याङ्क हेर्दा जाजरकोटमा दुई ठूला दुर्घटना भएर १०० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको प्रहरीले जनाएको छ ।

छिमेकी जिल्ला डोल्पा, रुकुम पश्चिम, सुर्खेत र दैलेख जिल्लामा जाजरकोट भएर सवारी साधन आवतजावत गर्ने भएपछि दुर्घटनाको दर बढेको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिनुभयो । जिल्लाका नलगाड, छेडागाड, भेरी र शिवालय गाउँपालिकाभित्र पर्ने सडकमा गुड्ने यातायातका साधनमा निगरानी कम हुँदा समस्या हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here