लेखापढी कानुन व्यवसायी, कर्मचारी र मालपोतमा आउने सेवाग्राहीलाई खोप चाहियोःपोखरेल

१७ श्रावण २०७८, आईतवार मा प्रकाशित

भद्रपुर ।
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनका पूर्व केन्द्रीय सदस्य रमेश पोखरेलले लेखापढी कानुन व्यवसायी लेखापढी कानुन व्यवसायी, कर्मचारी र मालपोत कार्यालयमा आउने सेवाग्राहीलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न ध्यानाकर्षण गराएका छन् । मालपोतको भीड र कोरोना संक्रमणकको जोखिमबारे गुनासो गर्दै पोखरेलले सञ्चारकर्मीसंग भने जग्गा पास गर्न आउने सबै नागरिकलाई भ्याक्सिनको ब्यवस्था सम्बन्धित पालिकाले गर्न पर्छ ।सिफारिस लिन आउदा नै भ्याक्सिन र सिफारिस सगै दिन पर्यो।

आइतबार सञ्चारकर्मीसंग गुनासो पोखेका पाोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्

यो भिड ४ दिन अघि मालपोत कार्यलय भद्रपुर झापाको हो ।
आजबाट त भिड नहुने भयो किनकी झापा जिल्लाभर निषेधाज्ञा लाग्यो एक हप्ताको लागि।
एक हप्ता भित्र कोरोना संक्रमण कम होस् थप समय निषेधाज्ञा लगाउनु नपरोस्। अघिल्लो निषेधाज्ञापछि कार्यलय खुल्दा न नागरिक ले दुरी कायममा ध्यान दिए न कार्यलय र एसोसिएसनले भिड कम गरेर सेवा दिन सकिन्छ भन्ने छ्लफल गरे। लकडाउनको बेला कार्यलयको भित्रि मुहार परिवर्तन भयो एउटा कोठामा छिरेपछि त्यही कोठा बाट काम सप्पन्न हुने गरी तर कोरोना कहरमा त्यो बैज्ञानिक भएन।भित्र पनि सागुरो बाहिर पनि सागुरो ।
खैर त्यो समय बित्यो अब बन्द छ । यो बन्दपछि खुल्दा पनि कोरोना सकिएको हुन्न, जोखिम नै हुन्छ । यो बन्दको बेला आपसी छ्लफल गरेर सेवाग्राही को काम छिटो र भिड नभै कसरी गर्न सकिन्छ त्यो विषयमा ध्यान पुर्याउन संम्वन्धित पक्षसङ्ग ध्यानाकर्षण गराउदछु ।
१) सबै कर्मचारी र ब्यवसायीहरु लाई भ्याक्सिनको ब्यवस्था हुन जरुरी छ।
२) जग्गा पास गर्न आउने सबै नागरिकलाई भ्याक्सिनको ब्यवस्था सम्बन्धित पालिकाले गर्नु पर्छ । सिफारिस लिन आउदा नै भ्याक्सिन र सिफारिस संगै दिनु पर्यो।
३) काम कार्बाही र भिडको अनुगमन गर्न जरुरी छ।
४) मोठ रजिष्टेशन फाँट सारै सागुरो हुँदा एउटा रजिष्टेशन फाँट थप्न जरुरी देखिन्छ।
५) सेवाग्राहीहरुले पनि अति जरुरी बाहेकका कामहरु केहिदिन थाती राखेर भ्याक्सिन को ब्यावस्था भय पछि गरौंला भन्ने तर्फ पनि सोच्न आवश्यक छ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here