मोरङमा सक्रिय संक्रमितको संख्या दुई हजार चार सय

0
724

पथरिशनिश्चरे, 

जिल्ला प्रशासन कार्यालय मोरङले सम्पुर्ण जिल्लावासीलाई भीडभाड हुने कामहरु नगर्न र अनिवार्य स्वस्थ मापदण्ड अपनाउन अनुरोध गरेको छ ।

आइतबार दिउँसो प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाद्वारा हस्ताक्षरित अनुरोध पत्र सार्वजनिक गर्दै जारी निषेधाज्ञा आदेशलाई पुर्ण स्वास्थ्य सतर्कताका साथ पालन गर्न अनुरोध गरिएको हो । कोरोना भाइरसको संक्रमण दरमा केही कमी भएसंगै जनजीवन सहज बनाउँदै लैजाने उदेश्य अनुरुप जारी निषेधाज्ञा आदेशलाई केही मात्रामा खुकुलो बनाइएको थियो। यसै विचमा संक्रमण बढेको छ र जिल्लामा सक्रिय संक्रमितको संख्या पनि २ हजार ४ सय बढि भएको उल्लेख गरिएको छ ।

अहिले निषेधाज्ञा केहि खुकुलो भएसंगै बुझी नबुझी ,लुकी छिपी र जनस्वास्थ्यका मापदण्ड उल्लंघन गरी भीडभाडजन्य गतिविधि भइरहेकाले संक्रमण दर समेत अघिल्लो हप्ताको तुलनामा बढ्दै गईरहेको जनाईएको छ । उक्त पत्रमार्फत विज्ञहरुले कोभिड १९को तेस्रो भेरियण्ट आउन सक्ने चेतावनी दिइरहेको उल्लेख गर्दै कोरोना संक्रमणको अवस्था थप जटिल हुन नदिन आग्रह गरिएको छ ।

सबैले कोभिडको संक्रमण सकिएझैं व्यवहार गर्ने र भौतिक दुरी कायम नगर्ने, मास्क र सेनी टाइजरको प्रयोग नगर्ने, स्वास्थ्य मापदण्ड पालना नगर्ने पाइएको जनाउदैं अनावश्यक भीडभाड गर्ने,नारा,जुलुस,सेमीनार,विवाह ,ब्रतबन्ध लगायतका सामाजिक कार्यहरु नगर्न पनि पत्रमार्फत अनुरोध गरिएको हो । यस्तो अवस्था बढ्दै गएमा नागरिकको जीवन सुरक्षाका लागि निषेधाज्ञा जस्तो वाध्यकारी उपायहरु पनि अवलंबन गर्नु पर्ने हुन सक्ने संकेत गरिएको छ ।

यता, मोरङ जिल्लामा गत २४ घण्टाभित्रमा ६१ महिला र ५६ पुरष सहित जम्मा १ सय १७ जना नयां कोरोना संक्रमित थपिएका छन् । जसमा २० हजार ९ सय ३४ जनामध्यें १५ हजार ५ सय ९० उपचार सेवा लिई निको भएका छन् भने ३ सय ६७ जनाले अकालमा ज्यान गुमाएका छन् । विराटनगर उपमहानगरपालिकामा ११ ह्जार ९ सय ६० संक्रमितमध्यें ९ हजार १ सय ७१ जना निको भएका छन् । १ सय ५९ जनाले ज्यान गुमाइसकेका छन् भने २ हजार बढि सक्रिय संक्रमित रहेका छन् ।

गएको १९ गते लेटाङ नगरपालिकामा २६ महिलासहित कूल ४६ जना नयां संक्रमित थपिएका छन् । ३ सय ४८ जना सक्रिय संक्रमित रहेका छन् । ९ सय १० संक्रमितहरुमध्यें ५ सय ५४ जना निको भएका छन् । यसैगरी, केराबारी गाउंपालिकामा १९ महिला र १७ पुरुष गरी ३६ जना नयां संक्रमित थपिएका हुन् ।त्यहां ८सय ४६ संक्रमितमध्यें ५सय १० निको भएका छन् भने ३ सय २५ सक्रिय संक्रमित छन् ।

त्यस्तै, पथरीशनिश्चरे नपामा गत १६ गते १२ महिला तथा १६ पुरुष गरी २८ जना थपिएसगैं कुल ६ सय ५९ जना कोभिड संक्रमित छन् । ५ सय १८ जना उपचारपछि निको भएका छन् भने १ सय २० बढि सक्रिय विमारी छन् । हिजो शनिबार मात्रे ७ जना नया सक्रमित थपिएको उर्लाबारी नपामा कुल ९ सय १४ संक्रमितमध्यें ६ सय ६५ निको भइ २ सय १ जना सक्रिय कोरोना विमारीहरु छन् भने ४८ जनाले ज्यान गुमाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here