लागूऔषध गाँजा सहित दुई जना पक्राउ

१८ श्रावण २०७८, सोमबार मा प्रकाशित

मोरङ।

उदयपुरको बेलका नगरपालिका ८ कोठूबाट लागूऔषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भोजपुर हचुवागढी गाऊपालिका ८ का २६ बर्षीय नबिन्द्र राई र २३ बर्षीय हेम राज राई रहेका छन् ।

इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थाई प्रहरी पोष्ट कोठूबाट खटिएको प्रहरी टोलीले को १ ज ४५९ नम्बरको बुलेरोलाई चेकजाँच गर्ने क्रममा बोलेरोको हुडमा दुई वटा कपडाको झोलामा ४ केजी २०० ग्राम लागूऔषध गाँजा फेला पारेको थियो ।

उक्त गाँजा नबिन्द्र र हेमराज राईको खुल्न आएसगै उनीहरुलाई पक्राउ गरिइको इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here