झापामा ब्राउन सुगर सहित दुई जना पक्राउ

0
843

झापा।

झापाको बिर्तामोड नगरपालिका–३ भद्रपुर सडक खण्डको आँखा अस्पताल छेउबाट लागूऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हल्दिबारी गाऊँपालिका–१ का २० बर्षीय सुवास न्यौपाने र बिर्तामोड नगरपालिका–१० ईलामेली टोलका २४ बर्षीय समिर राई रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले मे ८ प ७३९२ नम्बरको मोटरसाईकल सवार न्यौपानेको साथबाट लागूऔषध ब्राउन सुगर १२ ग्राम बरामद भएसंंगै आवश्यक अनुसन्धानको लागि मोटरसाईकल पछाडी सवार राई समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here