हिरासत गृहलाई सामग्री हस्तान्तरण

0
803

दमक।

इलाका प्रहरी कार्यालय दमकको हिरासत गृहमा प्रयोग गर्ने गरी चार थान टेबल पंखा र केही पुस्तकहरु दुईजना व्यवसायीहरुले उपलब्ध गराएका छन् ।

साहित्यकार तथा मिन्ट सर्जिक दमकका सञ्चालक मेची पुत्र र होटल पेरुङ्गोका सञ्चालक बाटोघरे कान्छाले हिरासत गृहमा गर्मीको समयमा समस्या रहेकोले टेबल पंखा र अध्यनको लागि केही साहित्यिक पुस्तकहरु उपलब्ध गराएका छन् ।

विभिन्न घटनामा संलग्नको अभियोग लागेका व्यक्तिहरुलाई अनुसन्धानका राखिने हिरासत गृहमा पंखा नहुँदा गर्मीमा धेरै समस्या भएको देखेर आफूहरुले मानवीय सहयोग स्वरुप चार थान पंखा सहयोग गरेको मेचीपुत्रले बताए ।

त्यसैगरी हिरासतमा आएकाहरुलाई समय बिताउनका लागि र केही सकारात्मक सोचको विकास गर्न साहित्यिक पुस्तकहरु समेत उपलब्ध गराइएको उनले बताए ।

इलाका प्रहरी कार्यालय दमकमै पुगेर उक्त सामग्रीहरु कार्यालय प्रमुख तथा प्रहरी नायव उपरीक्षक नवराज कार्कीलाई हस्तान्तरण गरिएको हो । उक्त सामग्री हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस दमक नगर सचिवद्वय प्रकाश प्रसाईं र युवराज खनाल सागर लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here