पत्रकार अनिल वाग्लेद्वारा जन्मोत्सवमा पत्रकार उपचार कोषलाई सहयोग

0
507

बिर्तामोड।

नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यसमिति सदस्य अनिल वाग्लेले आफ्नो जन्मोत्सवको अवसर पारी बुधबार पत्रकार सहारा उपचार कोषलाई ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् ।

हाल कोरोना संक्रमण भएर स्वास्थ्यलाभ गरिरहेका वाग्लेले महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषका लागि उक्त रकम वैंकमा जम्मा गरेका हुन् ।

बुधबारे जेसीज सन् २०२१ अध्यक्ष, प्रेस क्लब बुद्धशान्तिका अध्यक्ष, एभरेष्ट साबुन उद्योगका संचालक, पूर्वेली साप्ताहिकका सम्पादक समेत रहेका झापा बुद्धशान्ति निवासी वाग्ले डेढ दशकदेखि पत्रकारितामा छन् । जन्मोत्सवको शुभ अवसरमा झापाली पत्रकारहरुको हितमा योगदान गर्न आफूले रकम प्रदान गरेको उनले बताएका छन् ।

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ ।

पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीका अनुसार कोषमा हाल ४५ लाख रुपैयाँ जम्मा भइसकेको छ । कोषमा सहयोग जुट्ने क्रम जारी छ । आफूले झैं अरुले पनि जन्मोत्सव, विवाह उत्सव तथा पितृको स्मृति जस्ता सन्दर्भमा केही रकम योगदान गर्ने हो भने कोषलाई एक करोड रुपैयाँ बनाउन सहयोग पुग्ने पत्रकार वाग्लेले बताएका छन् ।

महासंघ झापा शाखाले संघ–संस्था, सहकारी, बैंक, दाता सबै क्षेत्रलाई एकपटक पत्रकारको दिगो हितका लागि स्थापना भएको उपचार कोषमा सहयोग गर्न आव्हान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here