बसको ठक्करबाट मोटरसाइलमा सवार एक जनाको मृत्यु

0
797

सुनसरी।

सुनसरीको धरान उपमहानगरपालिका–८ तिनकुने जंगल स्थित कोशी राजमार्गमा भएको सवारी दुर्घटनाबाट मोटरसाईकलको पछाडी सवार यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ईटहरी उपमहानगरपालिका–१७ पकली बस्ने ४० बर्षीया मिरा देवी साह रहेकी छन् । धरानबाट ईटहरी तर्फ आउदै गरेको को १ त ९१४३ नम्बरको ट्याक्टरलाई पछाडीबाट आईरहेको को १ ख ५४३० नम्बरको बसले पछाडीबाट ठक्कर दिई बिपरित दिशाबाट जाँदै गरेको प्रदेश–१ –०२–०४० प ६४०५ नम्बरको मोटरसाईकल समेतलाई ठक्कर दिएको थियो ।

उक्त दुर्घटनाबाट मोटरसाईकल चालक मृतककै छोरा २५ बर्षीय बिमल साह समेत दुई जना घाईते भई घोपा धरानमा उपचारको क्रममा मिरादेवी साहको मृत्यु भएको छ भने बिमलको सोही अस्पतालमानै उपचार भईरहेको छ ।

दुर्घटनामा संलग्न तीनवटै सावारी साधन र बस चालक धरान १५ का ४२ बर्षीय प्रभु खड्का ईलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here