संघीय सरकारबाट विभिन्न कार्यक्रम तथा योजना प्राप्त

0
261

छविराज ढकाल , पथरीशनिश्चरे ।

पूर्वी मोरङको पथरीशनिश्चरे नगरपालिकाले संघीय सरकारसहित सहयोगी संस्थाबाट स्वास्थ्यसहितका ७ वटा विभिन्न कार्यक्रम तथा योजना प्राप्त गरेको छ ।

नगर प्रमुख दिलीपकुमार राईको अगुवाईमा राजधानी गएको एक टोलीले संघीय सरकारका विभिन्न मन्त्रालय र सहयोगी संस्थाहरुसँग भेटघाट तथा समन्वय गरी केहि कार्यक्रम तथा योजना प्राप्त गरेको हो ।

नगर क्षेत्रका युवाहरुलाई उद्यमी वनाउने कार्यक्रम सञ्चालनका लागि नेपाल घरेलु तथा साना उद्योग महासंघसँग नगरले सम्झौता गरेको छ । साथै नगरको योजनामा रहँदै आएको व्यापारिक भवन (सपिङ कम्प्लेक्स) निर्माणका लागि नगर विकास कोष कार्यालयसँग तत्कालै सहमति गर्ने सम्झौता भएको छ । उक्त कोषले बढी रकम र नगरले केहि रकम व्यहोर्ने शर्तमा उक्त भवन निर्माण कार्य अघि बढाईने भनिएको छ ।

साथै , १५ शैयाको नगर अस्पताल सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टरको दरवन्दी उपलब्ध गराउने सहमतिसहितको प्रतिबद्धता जनाएको टोलीका सदस्य एवम् नगर स्वास्थ्य शाखाका संयोजक मुरारी आचार्यले बताएका छन् ।

सोहि क्रममा स्वास्थ्य विभागले महिलाहरुको लागि नगरअस्पतालमा भीआइए समस्याको उपचारको निम्ति पाठेघरको मुख सेक्ने आधुनिक मेसिन उपलब्ध गराएको छ । नगर अस्पतालमा कोरोना भाइरस संक्रमितका साथै अन्य विरामीको उपचारका लागि राष्ट्रिय आविस्कार केन्द्रले ३ थान अक्सिजन कन्सन्ट्रेटर पनि उपलब्ध गराएको छ । केन्द्रका अगुवा डा। महावीर पुनले सामग्री प्रदान गरेका थिए ।

यसैगरी, शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग यूएनएचसीआरले संघीय मामिला मन्त्रालयमार्फत एउटा कार्गो ट्रक र एउटा ट्रयाक्टर उपलब्ध गराउने पनि सहमति भएको छ ।

नगर प्रमुख राईको नेतृत्वमा गएको टोलीमा स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य , न्यायिक समितिका उजुरी प्रशासक विश्वमणि निरौला समेतको सहभागिता रहेको थियो । उक्त टोली एक साता राजधानी रहेर बुधबार फर्किएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here