खाद्य स्वच्छता तथा गुणस्तर विधेयक पेश

0
608

काठमाडौँ, 

राष्ट्रियसभामा ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’ पेश भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र कार्कीले उक्त विधेयक पेश गर्नुभएको हो ।

यस्तै प्रधानमन्त्री देउवाका तर्फबाटै मन्त्री कार्कीले ‘निर्वाचन आयोग, नेपालको वार्षिक प्रतिवेदन, २०७६÷०७७’ सभामा पेश गर्नुभयो ।

बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘लोक सेवा आयोग विधेयक, २०७५’ सभा समक्ष टेबुल गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही साउन २४ गते आइतबार अपराह्न १ बजे बस्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here