चारपानेका प्रकाश तीन बर्षदेखि ओछ्यानमा

0
510

विनोद पाण्डे,
चारपाने ।

झापा बिर्तामोड नगरपालिका –२ चारपानेका प्रकाश शर्मा विगत तीन बर्षदेखि ओछ्यानमा थलिएका छन् ।

१५ बर्षदेखि वाथरोगबाट सुरु भएको उनको बिग्रदो स्वास्थ्य क्रमश कमजोर हुदै गएको छ । परिवारको गुजरा चलाउनु उनको मुख्य दाहित्व भएकाले औषधी सेवन गर्दै राजमिस्त्री मजदुरी गर्दै आएका शर्मालाई वाथको औषधी नै विष सावित भएको छ । औषधीको नकारात्मक असरका कारण घुडाको पाङग्रा र कम्मरमुनीको मुख्य दुईवटा हड्डी खिएर कामै नलाग्ने भएर हाल कम्मरदेखि तलको अंग चल्न छोडेपछि उनि थलिएका हुन् ।

आर्थिक अबस्था अत्यन्तै कमजोर भएकै कारणले रोग निधान हुनेगरीको उपचार गर्न सकेका छैनन् । विपन्न वर्गका शर्मा अशक्त भएर थलापर्दा आफूमात्र होईन उनीसंग आश्रित बुवा,आमा, श्रीमती र दुई छोराहरु विचल्लीमा परेका छन् ।

जीवन धन्नको लागि हिजोका दिनमा गर्दै आएको मजदुरी पेशाबाट पनि स्वाथ्यको कारणले टाढा रहनु परेपछि शर्माको घरमा कयौं समस्याहरु आई परेको छ । ६ जनाको परिवारलाई आवश्यक खाध्यन्न समेत अभाव भए पछि स्थानियहरुकोे पहल र सहगोगमा खाद्यय सामग्रीहरु केही हदसम्म जोहो भएको छ तर उनको उपचार गर्न सघाउने दताहरु भेटिएका छैनन् ।

भएको पाँच धुर जग्गा बैंकमा राखेर तीनबर्ष अघि भारतको भेलोरमा उपचार गराउन भएका थिए । त्यहाँ उपचार गर्न १० लाख भारु लाग्ने बताईए पछि खर्च अभावमा उपचार नगरी स्देश फर्किए । भेलोरको अस्पतालमा स्वास्थ्य चेकजाँच, आउने जाने क्रममा बैंकबाट लिएको ऋण तीन लाख पनि सकियो अब कसरी उहाँलाई बचाउनु हामी कसरी बाच्नु भन्दै उनकी श्रीमतीले वेदना पोखेकी छन् । उनी भन्छिन ‘भगवान बनेर दाताहरु आईदिए हुन्थ्यो’ उनले सबै संग सहयोगको याचना समेत गरेकी छन् ।

‘प्रकाश शर्माले उपचार पाउने हो भने पुनः उनलाई सामान्य अबस्थामा ल्याउन सकिन्छ काम गरेर खान सक्ने बन्छन्् ।’ ‘उनको उपचारमा कृतिम हड्डी (स्टिल) लगाउनु पर्छ, ठुलो अप्रेसन गर्नु पर्र्छ’ सबै खर्च करिव १५ लाख जति लाग्ने हार्डजोर्नी विशेषज्ञ प्रेमबहादुर साहीले बताएका छन् ।

भर्खर परिपक्क हुदै आफ्नो जीवनलाई परिवार र समाजको लागि प्रयोग गर्दै आएका कर्मशिल ३२ बर्षे युवा यसरी उपचार अभावमा ओछ्यानमा लडिरहेको दृष्यले सबैको मन रुवाउँछ । उनको घर र परिवारलाई हेर्दा झन दया पलाएर आउने अबस्था रहेको छ । प्रकाश शर्मालाई उपचारमा सबैले सकेको सहयोग गर्ने हो भने उनि पुन तन्दुरुस्त र बाच्ने थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here