दलविहीन बनेको महन्थ पक्ष देश दौडाहामा, आज चार जिल्लामा कार्यकर्ता भेला

0
642

काठमाडौं,

जनता समाजवादी पार्टी नेपाल (जसपा) को आधिकारिता उपेन्द्र यादव पक्षले पाएपछि दलविहीन बन्न पुगेको महन्थ ठाकुर पक्ष देश दौडाहामा निस्किएको छ ।

निर्वाचन आयोगले जसपाको आधिकारिता उपेन्द्र यादव पक्षलाई दिएपछि महन्थ ठाकुर पक्षले कार्यकर्ता भेलालाई तीव्र पारेको छ । देश दौडाहाको आज तेस्रो दिन महन्थ पक्षले चार जिल्लामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गर्दैछ ।

सुनसरी, सर्लाही, रुपेन्द्रही र कञ्चनपुरमा कार्यकर्ता भेला हुँदैछ । सुनसरीमा डा. सुरेन्द्र झा, सन्तोष मेहता, जयप्रकाश ठाकुर, अरविन्द साहले सम्बोधन गर्ने जनाइएको छ ।

सर्लाहीमा राजेन्द्र महतो, जितेन्द्र सोनल, अभिराम शर्मा र रुपन्देहीमा सर्वेन्द्र नाथ शुक्ल, उमाशंकर अरगरिया, कृष्णा सिंहले सम्बोधन गर्ने बताइएको छ । कञ्चनपुरमा चन्द्रकान्त चौधरी, राजकुमार लेखी, दानबहादुर विश्वकर्माले सम्बोधन गर्ने कार्यक्रम छ ।-नयाँ पेजबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here