भागेका २३८ जना एक महिनामै पक्राउ

0
563

सुनसरी ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले गएको एक महिनाको अबधिमा बिभिन्न मुद्दाका २३८ जना फरार प्रतिबादीहरुलाई पक्राउ गरी अदालतमा पेश गरेको छ । जसमा ५ दिनदेखि २० बर्षसम्म कैद सजाय तोकिएका प्रतिबादीहरु छन् ।

श्रावण १ गतेदेखि हालसम्म सुनसरी अदालतबाट कैद र जरिवाना तोकी फैसला भएका तर तोकिएको सजाय भुक्तान नगरी फरार रहेका अभियुक्तहरुलाई खोजतलास गरी जिल्ला अदालतमा पेश गरेको हो ।

कर्तव्य ज्यान, डाका, अपहरण तथा शरीर बन्धक, कुटपिट, चोरी, किर्ते, जालसाजी, लागूऔषध, ज्यान मार्ने उद्योग, भ्रष्टाचार आदिमा सजाय तोकी फरार रहेका प्रतिवादीहरुबाट ४९ वर्ष कैद सजाय फछ्र्यौट भएको छ भने ९ लाख ३५ हजार ३ सय १९ रुपैयाँ जरिवाना समेत असुल भएको छ ।

सुनसरी प्रहरीको फरार पक्राउ अभियान अपराधिक घटना घटाई समाजमा निस्फिक्री हिँड्ने प्रवृत्तिकाविरुद्ध लक्षित छ । अपराध गरी जतिसुकै भागे पनि उन्मुक्ति पाउन सकिँदैन भन्ने सन्देश यो अभियानले दिएको छ ।

फरार प्रतिबादी पक्राउका क्रममा मिति २०६६ बैशाख १६ गते आफ्नी नातिनी ५ वर्षीया सोशिला कुमारी खत्वेलाई घाँटी बटारी मारेर प्लाष्टिकको बोरामा हालेर खेतमा गाडी फरार रहेका बसन्त खत्वे समेत रहेका छन् । उनलाई सुनसरी जिल्ला अदालतबाट जन्म कैद सजाय तोकिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here