नेइमारले १० नम्बर जर्सी दिन खोजेका थिए तर मेस्सीले रोजे नम्बर ३०

0
685

झापा ।

लामो चर्चापछि अर्जेन्टिनी स्टार लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित भएका छन्। यसअघिको करियर स्पानिस क्लब बार्सिलोनाबाट खेलेका उनी २ वर्षे करारमा पीएसजी पुगेका हुन्।

एक दशक भन्दा बढी समय बार्सिलोनाबाट १० नम्बर जर्सीमा मैदानमा देखिएका मेस्सी अब पीएसजीमा भने ३० नम्बर जर्सीमा देखिनेछन्।

‘पीएसजीबाट मेरो करियरको नयाँ अध्याय सुरु गर्न पाउँदा उत्साहित छु,’ मेस्सीले भनेका छन्, ‘क्लबका हरेक कुराहरु मेरो फुटबलको ‘एम्बिसन्’सँग मिल्छन्। मलाई थाहा छ यहाँ अत्यन्तै उत्कृस्ट टिम र कोचिङ स्टाफहरु छन्।’

मेस्सी ‘पार्क डेस प्रिन्सेस’मा नेइमार, एन्जेल डी मारिया, सर्जियो रामोस, लियोनार्दो परेडेसलगायत नजिकबाट नियालिरहेकै खेलाडीसँग हुनेछन्।

मेस्सीले बार्सिलोनामा लगाउने गरेको १० नम्बरको जर्सी पीएसजीमा भने अर्का स्टार नेइमारले लगाउने गरेका छन्।

मिडिया रिपोर्टहरुका अनुसार नेइमारले मेस्सीलाई आफ्नो जर्सी नम्बर दिन तयार भएका थिए तर ६ पटकको बालोन डिओर विजेता मेस्सीले यसलाई अस्विकार गरेका थिए। मेस्सीले आफ्नो पुरानो जर्सी नम्बर १९ या ३० लगाउने बताएका थिए।

र, अन्तत: मेस्सीले जर्सी नम्बर ३० लगाउने भएका हुन्। यद्यपि, यो नम्बर पनि सहजै भने प्राप्त भएको होइन।

सामान्यत ३० नम्बर जर्सीलाई गोलकिपरको जर्सीका रुपमा लिइन्छ। र, पीएसजीमा दोस्रो रोजाइका अलेक्सजेन्ड्रे लेटेलियरले यो जर्सी प्रयोग गर्दै आएका थिए।-पहिलोपोस्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here