बिर्तामोड उद्योग वाणिज्य संघद्वारा कर बुझाउने म्याद थपको माग

0
951

बिर्तामोड ।

बिर्तामोड उद्योग वाणिज्य संघले लकडाउनका कारण उद्योगी, व्यवसायीलाई मास्केबारी तथा अन्तशुल्क कर बुझाउन समस्या भएको भन्दै समयावधि थप गर्न माग गरेको छ ।

वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले लामो समयको लकडाउनका कारण व्यवसाय नै धरासायी बनिरहेको अवस्थामा मास्केबारी र अन्तशुल्क कर बुझाउन समस्या भएकाले कर बुझाउन ेसमय २०७८ असोज मसान्तसम्म पु¥याउन माग गरेका छन् ।

म्याद थपको माग गर्दै उनले आन्तरिक राजश्व कार्यालय भद्रपुरमा ज्ञापन पत्र समेत बुझाएको जानकारी दिए । कोरोना भाइरसका कारण समग्र विश्व नै आक्रान्त बनेको र विश्व अर्थतन्त्र नै दैनिकरुपमा ओरालो लाग्दै गएको अवस्थामा निजी क्षेत्र धरासायी बनेको बताए ।

उनले जिल्ला प्रशासन तथा स्थानीय प्रशासनले तोकेका बाहेकका अन्य उद्योग, कलकारखाना, व्यापार व्यवसाय, यातायात ठप्प रहेको र उद्योगी व्यवसायी निराश एवम् हतास मनस्थितिमा पुगेको बताए ।
व्यवसाय सञ्चालनका क्रममा बैंकको ऋणले थप हतोत्साही बनाएको भन्दै अध्यक्ष शिवाकोटीले बैंक ब्याज, घरभाडा तथा राजश्व कर बुझाउन झन कठिन भए पनि उद्योगी व्यवसायीले राज्यलाई कर तिनुपर्ने कुरामा कुनै द्विविधा नभएको उल्लेख गरे ।

मासिकरुपमा बुझाउनुपर्ने मास्केबारी र अन्तशुल्क वापतको कर बुझाउनका लागि समस्या भएको भन्दै वाणिज्य संघले आन्तरिक राजश्व कार्यालय भद्रपुरलाई ज्ञापनपत्र बुझाउनुका साथै नेपाल उद्योग वाणिज्य महासंघ टेकु काठमाडौं र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ विराटनगरलाई बोधार्थ समेत पठाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here