टीका प्रसाईको ‘दाइजो’ सार्वजनिक

0
844

काठमाडौं, 

स्वरमा मधुरता, कोमलताले भरिएकी गायिका टीका प्रसाईले नेपाली सांगीतिक क्षेत्रमा कर्णप्रिय गीतहरु गाएर आफ्नो फरक पहिचान बनाएकी छन् ।

सामाजिक विकृती, विसंगति विरुद्ध आवाज उठाउने सन्देश सन्देशमुलक गीत गाउन पनि अब्बल गायिकाको रूपमा चिनिएकी गायिका प्रसाईले पछिल्लो कोसेली स्वरूप दाइजो सार्वजनिक गरेकी छन् ।

सामाजिक कुरीति दाइजोका कारण अझै पनि नेपाली चेलीबेटीहरुले अपमान सहेर बस्नुपरेको छ र केहीको त ज्यानै समेत गएको अझै पनि देख्न सकिन्छ । यस्तो कुरीतिविरुद्ध आवाज बुलन्द गरी समाजमा नारीलाई सबल बनाउन दाइजो होइन, शिक्षा दिएर सक्षम बनाउनुपर्छ भन्ने सन्देश बोकेको सुमधुर गीत गायिका प्रसाईले साउन २८ गते लोकार्पण गरेकी हुन् ।

आनन्दरत्न बज्राचार्यको शव्दलाई अग्रज संगीतकार राजु सिंहले संगीत भरेका छन् । यो गीतको संगीत संयोजन प्रदीप श्रेष्ठ र रेकर्डिङ/मिक्सिङ रदिप श्रेष्ठले गरेका हुन् भने जस्केलो क्रिएसनले म्युजिक भिडियाे तयार पारेको हो ।

समाजमा सकारात्मक सन्देश फैलाउन सफल यो गीतलाई हेरेर प्रतिक्रिया दिनुहुन गायिका प्रसाईले आफ्ना दर्शक/श्रोता तथा शुभचिन्तकहरुलाई आग्रह गरेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here