उद्धार गरिएकाको लागि थप सहयोगको आग्रह

0
771

छविराज ढकाल/पथरीशनिश्चरे ।

पूर्वी मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले नगर क्षेत्रबाट उद्धार गरी विराटनगरका विभिन्न सहयोगी संस्थामा राखिएका सहयोगापेक्षीहरुको अवस्थाका बारेमा जानकारी लिइएको छ ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेल, सूचना सम्पादक भूपेन्द्रराज तिम्सिना, न्यायिक समितिका उजुरी प्रशासक विश्वमणि निरौला सहितको टोलीले ५ वटा संस्थामा पुगी आफ्नो नगरका र अन्य पालिकाका उद्धार गरि पठाएका व्यक्तिहरुको अवस्थाका बारेमा जानकारी लिएको हो ।

प्रदेशको सामाजिक विकास मन्त्री उषाकला राई र सामाजिक विकास महाशाखा प्रमुख दुर्गा बराललाई भेटी मन्त्रालय अन्तर्गत महिलाका लागि सञ्चालित दीर्घकालिन पुनस्थापना गृहमा रहेका नगरका महिलाको पुनस्र्थापनामा थप सहयोग पुर्याउन समेत अनुरोध गरेको छ।

पुनस्थापना गृहका साथै पोखरिया र तिनटोलीयामा अवस्थित मानव सेवा आश्रम र त्यहाँ उद्धार गरेर राखिएका असहाय मानवको अवस्थाका बारेमा जानकारी लिइएको छ । टोलीले तिनटोलीयामा रहेको आश्रममा १० नं वडाध्यक्ष माधवराज वाग्लेले उद्धार गरेर राखिएका महिला र पुरुषका लागि साँच्चैको मानव सेवा प्रभावकारी तुल्याउन प्रयास भइरहेको बताएका थिए ।

ती दुई आश्रममा गरी पथरीशनिश्चरेका ५ जना सहयोगापेक्षी रहेका छन् । त्यसैगरी, अप्ठेरोमा परेका किशोरी तथा महिलाहरुका लागि आवधिक गृहका रुपमा रहेको माइती नेपालको कार्यालयमा पुगेर नगरको एक महिला र उनकी छोरीको अवस्थाका बारेमा जानकारी लिइ उनीहरुका लागि दीर्घकालिन सीप र पठनपाठनको व्यवस्थापनका बारेमा पहल गरिएको छ ।

महिला पुनस्र्थापना केन्द्र (ओरेक नेपाल) को कार्यालयमा रहेका नगरका तीन जना किशोरीको बारेमा पनि जानकारी लिइ उनीहरुको पनि दीर्घकालिन पुनस्थापनका बारेमा पहल गर्ने टोलीले जानकारी गरायो ।

उनीहरुको दीर्घकालिन व्यवस्थापनका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयमा समेत आवश्यक कुरा भएको नगर उपप्रमुख बास्तोलाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here