बिर्तामोड ।

सूर्योदय क्वीज सिजन ५ को उपाधी ‘सिता रमेश बहुमुखी क्याम्पस’बुद्वशान्ति झापाले जितेको छ ।
शनिबार भएको ग्रान्ड फिनालेमा ‘सिता रमेश बहुमुखी क्याम्पस’ले उपाधी जितेको हो ।यस्तै प्रतियोगीतामा जनता बहुमुखी क्याम्पस इटहरी दोश्रो,मोडल कलेज दमक तेश्रो र महेन्द्र मेमोरीयल एकाडेमी दुहवी,सुनसरी र पथरी बहुमुखी क्याम्पस,मोरङ्ग सान्तवना भएका छन् ।
प्रतियोगिताको विजेताहरुले क्रमश ५०,हजार,२५ हजार,१५ हजार र १०–१० हजार रुपैयाँ प्राप्त गरेका छन् । विजेताहरुलाई ग्रान्ड फिनालेका प्रमुख अतिथि मेची बहुमुखी क्याम्पस भद्रपुरका प्रमुख जिवन पोखरेल र सूर्योदय टिभी एण्ड मिडिया प्रा.लिका अध्यक्ष मनोज उप्रेतीले पुरस्कार,प्रमाण पत्र र ट्रफी प्रदान गर्नुभयो ।
गत फागुन देखिशुरु भएको यस प्रतियोगितामा प्रदेश १ का झापा,मोरङ्ग,सुनसरी,इलाम,पाँचथर,ताप्लेजुङ्ग लगायतका जिल्लाबाट १ सय वटा कलेज सहभागि भएका थिए ।कलेजमा प्लस टु तथा स्नातक तहमा अध्यनरत विद्याथीहरुले सहभागिता जनाएका हुन् ।
प्रतियोगिताको जुरी निर्णायकको रुपमा सूर्योदय टेलिभिजनकी प्रवन्ध निर्देशक विष्णु मैनाली उप्रेती,कार्यक्रम उत्पादन प्रमुख दिपेन भेटवाल र कार्यक्रम प्रस्तोता प्रेमराज घिमिरे रहनु भएको थियो । विद्यार्थीमा भएको बौदिक क्षमतालाई प्रस्फुटन गर्ने मुख्य उदेश्यले यो प्रतियोगिताको आयोजना गरीएको कार्यक्रम संयोजक देवि गौतमले जानकारी दिनु भयो ।
सूर्योदय क्वीज सिजन ५लाई ब्रोडलिङ्क नेटवर्कले मुख्य प्रायोजन तथा सिम्रीक साकोस बिर्तामोड,वाटर किङ्गडम पार्क एण्ड रिसोर्ट झिलभिले,किङ्सटन इन्स्टिच्युट अस्ट्रेलिया,मनकामना कलेज बिर्तामोडले प्रायोजन गरेको थियो ।यस्तै एलाइन्स मोटर्स (हुन्डाई) बिर्तामोड,रोयल टेलर्स बिर्तामोड,नेशनल साउण्ड सर्भिस बिर्तामोड,ग्लोवल लिङ्क प्रिन्ट एण्ड एडर्भटाइजिङ्ग बिर्तामोड र न्यु सिटी पार्टी प्यालेस एण्ड कन्फ्रेन्स हलले पनि प्रतियोगितालाई सह–प्रायोजना गरेको थियो ।
सूर्योदय टेलिभिजनले सूर्योदय क्वीज,स्पिच कन्टेस्ट लगायतका कार्यक्रमहरु प्रतियोगताको रुपमा हरेक वर्ष आयोजना गर्दै आएको छ ।































