सात किलो यार्सागुम्बासहित सात जना पक्राउ

0
574

काठमाडौं ।

काठमाण्डौंमा सात दिनअघि भएको यार्सागुम्बा लुटपाटमा संलग्न गिरोहलाई प्रहरीले पक्राउे गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले मुख्य अभियुक्त बझाङका धर्म ओखेडासहित सात जना लुटेराको समूहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।

उनका अनुसार खरिद गर्ने वहानामा दिपक लामा र सुरेश सापकोटासँग रहेको एक किलो यार्सागुम्बा उनीहरुले लुटेको भन्दै किटानी जाहेरी परेको थियो । जाहेरीमाथि अनुसन्धानका क्रममा पक्राउ परेकाको साथबाट सात किलो चार सय ४० ग्राम अवैध यार्सागुम्बा बरामद भएको कोइरालाले बताए ।

पक्राउ पर्नेहरुमा मूख्य योजनाकार बझाङका धर्म ओखेडा, म्यानपावर व्यबस्थापन दोलखाका मनोज कुमार श्रेष्ठ, रामेछापका दिपक थापामगर, काभ्रेका बिशाल, काभ्रेकै योङदेन लामा,रामेछापका रोशन श्रेष्ठ र भारत कास्मिर आबुपाकरका मोहम्मद ईसाक रहेका छन् ।

उनीहरुको साथबाट एक लाख ५३ हजार नगद र ८ वटा मोबाइल समेत बरामद गरिएको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here