‘दराजमल फेस्टिभल’मा छुट

0
657

झापा ।

नेपालको अग्रणी इकमर्श प्लाटफर्म ‘दराज’ले बुधबारदेखि ‘दराजमल फेस्टिभल’ योजना शुरु गरेको छ ।

यस योजनामा एड टु कार्ट, वेलकम गिफ्ट, मेगा भौचर, बैंक कार्ड मार्फत अनलाइन प्रि–पेमेन्टमा १५% (रु. ५०० सम्म) छुट, इमेज रिभ्यु एन्ड विन, फलो एन्ड विन, बम्पर उपहारमा ६५ हजार रुपैयाँ पर्ने साओमी एमआई ११ एक्स प्रो फाइबजी, निःशुल्क डेलिभरी लगायतका साथै अन्य थुप्रै पुरस्कार जित्ने मौका रहेको कम्पनीले उल्लेख गरेको छ ।

‘दराजमल’ दराजले शुरु गरेको अनलाइन सपिङ मल हो । यसमा सोनी, सामसङ, गोल्डस्टार, रिम्याक्स, वाइल्डहर्न इत्यादिका साथै तीन सयभन्दा बढी स्वदेशी तथा अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादनहरु सूचीकृत रहेको जनाएको छ । यसमा रहेका सबै उत्पादन शतप्रतिशत सर्टिफाइड रहेको दाबी दराजले गरेको बताइएको छ । खरिद गरेको सामानमा चित्त नबुझे १४ दिनभित्र फिर्ता गर्ने सुविधा उपभोक्तालाई दिइने कम्पनीले बताएको छ । यसको दराजमल फेस्टिभलले ग्राहकहरुलाई अविश्वसनीय मूल्यमा प्रिमियम ब्रान्डका सामान खरिद गर्ने सुनौलो अवसर भएको कम्पनीले दाबी गरेको छ ।

दराजको यो अभियानमा ग्राहकले बैंक डेज छुट मार्फत डेबिट र क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा थप १५ प्रतिशत (रु. ५०० सम्म) छुट पाउन सक्ने बताइएको छ । जसमा ग्राहकले क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत (रु. ५००) सम्म र डेबिट कार्डमा १० प्रतिशत (रु. ५००) सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

कार्ड प्रयोगमा बार अनुसार छुट पाउने बैंक छुट्याइएको छ । जसमा सोमबार–सानिमा बैंक, बुधबार–एनआईसी एसिया बैंक, बिहीबार–माछापुच्छ्रे, मेगा र हिमालयन बैंक, शुक्रबार–नबिल बैंक र शनिबार स्टाण्डर्ड चार्टर्ड बैंकको कार्ड प्रयोगबाट भुक्तानी गर्दा १० देखि १५ प्रतिशतसम्म छुट हुने बताइएको छ । यस बाहेक, पहिलो पटक भिसा कार्ड मार्फत भुक्तानी गर्ने दराज ग्राहकहरूले २०% सम्मको छुट पाउन सक्नेछन् । भिसा डेबिट कार्ड मार्फत प्री–पेमेन्ट गरेमा १५ % (रु. ५००)सम्म छुट र भिसा क्रेडिट कार्ड मार्फत प्री–पेमेन्टमा २०% (रु. ५००) छुट पाउन सक्नेछन् ।

त्यसैगरी, एनआईसी एशिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकको ग्राहकहरुले सजिलो मासिक किस्ता सेवामार्फत पनि सपिङ गर्न पाउने छन् । उल्लेखित बैंकका ग्राहकहरुले क्रेडिट कार्डबाट आफूलाई मन परेको सामान शून्य ब्याज तथा शून्य डाउनपेमेन्टमा खरिद गर्न सक्ने पनि बताइएको छ ।

त्यस्तै दराजमलमा राखिएको ब्रान्ड अफ द डे जस्ता अफरले ग्राहकहरुलाई आफ्नो मनपर्ने ब्रान्डमा थप छुट प्राप्त गर्ने अवसर पनि प्रदान गर्दछ । हरेक दिन छनौट गरिएको दराजमल ब्रान्डले आफ्नो उत्पादनहरुमा विशेष छुट प्रदान गर्नेछ । त्यसमध्येको अमय्रा फेशन हाउसले आफ्नो उत्पादनहरुमा ६५ प्रतिसतसम्मको छुट दिने भएको छ । दराजका सबै नयाँ प्रयोगकर्ताहरुले वेलकम गिफ्ट अफर मार्फत दुई सय रुपैयाँको भौचर निःशुल्क पाउने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here