सर्पको डसाइबाट मृत्यु

0
934

कञ्चनपुर, 

शुक्लाफाँटा नगरपालिका–८ नौखरीका ४५ वर्षीय विपदराम चौधरीको सर्पले डसेर मृत्यु भएको छ ।

चौधरीको उपचारका क्रममा कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा आज मृत्यु भएको मृतकका भाइ कुलबहादुरले बताउनुभयो ।

एक साताअघि घर नजिकैको खोलामा माछा मारेर फर्कनेक्रममा चौधरीलाई बिषालु सर्पले डसेको थियो ।

सर्पले डसेपछि चौधरीलाई तत्कालै परिवारजनले उपचारका लागि अर्जुनीमा रहेको सर्पदंश उपचार केन्द्रमा लगेका थिए । त्यहाँ उपचार हुन नसकेपछि सेती प्रादेशिक अस्पताल लगिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here