मोटरसाईकलको ठक्करबाट पदैल यात्रीको मृत्यु

0
715

उदयपुर।

उदयपुरको बेलका नगरपालिका–५ गलेनीमा पूर्वतर्फ जादै गरेको प्रदेश १–०२–०४१ प १८०८ नम्बरको मोटरसाईकलको ठक्करबाट पदैल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानका ८० बर्षीय रामबहादुर श्रेष्ठ रहेका छन् । दुर्घटनाबाट गम्भिर घाईते भएका श्रेष्ठको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाईकल चालक सुनसरी रामधुनी नगरपालिका ३ झुमका का २४ बर्षीय रोयलकुमार चौधरी र पछाडी सवार सोही स्थानका २४ बर्षीय सुरजकुमार चौधरी समेत समान्य घाईते भएका छन् ।

स्थानिय मेडिकलमा सामान्य उपचार पश्चात मोटरसाईकल चालक र मोटरसाईकल प्रहरी चौकी लालबजारको नियन्त्रणमा रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here