रेडियम ब्यान्डका गायक चौधरीलाई ब्लड क्यान्सर, उपचारमा सहयोग गरिदिन आग्रह

0
752

हितेश अग्रवाल,झापा ।

झापाको बिर्तामोड स्थित रेडियम ब्यान्डका गायक राजु चौधरीलाई ब्लड क्यान्सर भएको छ ।

बिर्तामोड–५ घर भएका २८ वर्षीया चौधरी सानै उमेरबाट सांगितीक क्षेत्रमा आवद्ध रहेका छन् । उनले ब्यान्ड मार्फत थुप्रै गितहरु गाइ सकेका छन् । विभिन्न कन्सर्टहरुमा उनी सहभागि हुने गरेका थिए । ब्लड क्यान्सर भएका चौधरीको हाल उनको काठमाडौंमा उपचार भइरहेको छ ।

उनी हाल आइसीयूमा रहेको र उनको उपचारका लागि करिब २५ लाख रुपैयाँ आवश्यक भएको बताइएको छ । उनको आर्थिक स्थिति कमजोर भएका कारण उनलाई सहयोग गर्न साङ्गीतिक क्षेत्रका थुप्रै कलाकारले अपिल गरेका छन् ।

सहयोग गर्न चाहनेहरुले राजु चौधरीको नाममा रहेको सनराइज बैंकको बिर्तामोड झापाको शाखाको अकाउन्ट नम्बर ०११०७५१८०२२०५००१ मा सहयोग गर्न सक्नेछन् । अथवा राजु चौधरीको इसेवा नम्बर ९८१७९३५७३३ मा पनि सहयोग गर्न सक्ने बताइएको छ । यसैबीच उनलाई आर्थिक सहयोग गर्न विभिन्न संघ–संस्था तथा ब्यक्तिहरुले अभियान नै सञ्चालन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here