निर्धारित मितिमै कांग्रेस महाधिवेशन गर्न जोड

0
376

काठमाडौँ, 

नेपाली कांग्रेसका नेताहरूले निर्धारित मितिमै पार्टीको १४औँ महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् ।

पार्टीको संस्थापन इतर पक्षका नेताहरूको आजको बैठकले क्रियाशील सदस्यताको काम केन्द्रीय कार्य समितिको बैठकले निर्धारण गरेको मितिभन्दा ढिला भएकामा ध्यानाकर्षणसमेत भएको जनाएको छ ।

बैठकमा निर्धारित समयमै क्रियाशील सदस्यताको काम र महाधिवेशन हुनुपर्ने तथा आफ्नो पक्षबाट महाधिवेशनमा सभापतिको साझा उम्मेदवार बनाउने विषयमा छलफल भएको नेता बलबहादुर केसीले जानकारी दिनुभयो ।

नेताहरूबीच पार्टीको सैद्धान्तिक र सङ्गठनात्मक रूपमा गर्नुपर्ने विविध विषय र भावी दिनमा पार्टीलाई थप सशक्त नेतृत्वको आवश्यकताका बारेमा छलफल भएको थियो । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डा रामशरण महत, अर्जुननरसिंह केसी, केसी, सुजाता कोइराला, शेखर कोइराला उपस्थित हुनुहुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here