घरेलु तथा साना उद्योग प्रवर्द्धन बारेमा छलफल

0
486

पथरीशनिश्चरे,

नेपाल घरेलु तथा साना उद्योग महासंघको समन्वयमा घरेलु तथा साना उद्योग प्रवर्द्धन सम्बन्धि कार्यक्रम मंगलबार पथरीशनिश्चरे नगरपालिकामा सम्पन्न भएको छ । मुलुकका सातै प्रदेशका ५ पालिकाका दरले अघि बढ्ने प्रवर्द्धानात्मक कार्यक्रम अन्तर्गत १ नं प्रदेशको मोरङ जिल्लामा ३ पालिकामा सम्झौता गरि अवधारणापत्रका बारेमा छलफल अघि बढेको हो ।

गत साउन १५ गते काठमाडौंमा पथरीशनिश्चरे, बेलबारी नगरपालिका र केराबारी गाउँपालिकासित सम्झौता भएको थियो ‌। सोहि सन्दर्भमा महासंघका प्रतिनिधिसित पथरिशनिश्चरे नगरमा स्थापित उद्योग व्यवसायको स्तरोन्नति र नयाँ व्यवसाय सुरुवात गर्ने बारेको अवधारणापत्रमाथि छलफल भएको हो भने सो कार्यक्रम पालिकासँगको सहकार्यमा अघि बढाइने योजना छ ।

कार्यपालिका सदस्यहरूसितको छलफलमा महासंघका केन्द्रीय अध्यक्ष श्यामप्रसाद गिरीले हाल सञ्चालनमा रहेका उद्योगको प्रवर्द्धन, नयाँ व्यवसायिक योजना निर्माण, परियोजना तयारी र व्यवसाय स्थापनाका लागि व्यवसायिक ज्ञान तथा सहुलियत कर्जाका लागि बैंकहरुसँग समन्वय गर्ने काम महासंघले गर्ने जनाउनुभयो ।

यसै सन्दर्भमा गत साउन १५ गते काठमाडौंमा पथरीशनिश्चरे, बेलबारी नगरपालिका र केराबारी गाउँपालिकासित सम्झौता भएको उल्लेख गर्नुभयो । सोही अवसरमा विषयज्ञाता बाबुराम रानाभाटले व्यवसायिकस्थलमै विज्ञ तथा प्राविधिक खटाएर प्रर्वद्धनका लागि आईपर्ने समस्या पत्ता लगाएर प्रवर्द्धनमा सहयोग पुर्याउने लक्ष्य र उद्देश्यसमेतको अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा आफ्नो धारणा राख्नु हुँदै महासंघको केन्द्रीय उद्यम महिला समिति अध्यक्ष शिवा उपाध्यायले महिलाहरु उद्यमी बनेर आत्मनिर्भर बन्नका लागि यसै कार्यक्रमसँग समेत जोड्ने बताइन् । कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष मुकेशकुमार उपाध्याय सहितले देशमा घरेलु तथा साना उद्योग प्रवद्र्धन गरी उत्पादन बढाएर निर्यात बढाउने योजनाका बारेमा जानकारी गराउनु भयो । छलफलका क्रममा महासंघका जिल्ला अध्यक्ष चेतन निरौला, नगर अध्यक्ष गुरुप्रसाद दहाल सहितका अगुवा उद्यमीहरुको उपस्थिती रहेको थियो ।

छलफलमा बोल्दै नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल लगायतले नगरमा उद्योग व्यवसाय प्रवर्द्धनको कार्यक्रमले नगरको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने वताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here